मजदुर दिवस : कागलाई बेल पाक्यो न हर्ष न विस्मात

मजदुर दिवस : कागलाई बेल पाक्यो न हर्ष न विस्मात

सिरहा :  बुधबार विश्वभर १३० औं मजदुर दिवस मनाइयो। सिरहाको लहानमा पनि राजनीतिक दलका प्रतिनिधि, मजदुर संगठन र एनजिओले दिवसको अवसरमा र्‍याली प्रदर्शन गरेका थिए।कोणसभा भयो।अतिथिले भाषण गरे। तर, त्यही नगरको खोलामा काम गर्ने मजदुरले दिवसको बारेमा थाहै पाएन।उनीहरु सदाझैं मजदुरीमै दिन बिताए।

लहान नगरपालिका १८ विष्णपुरका ५३ वर्षीय बिरीलाल सदाय केही वर्षअघिसम्म जमिनदारको घरमा हरुवा बसेका थिए। जसोतसो जमिनदारबाट छुटकारा पाएर ४ वर्षदेखि गाउँ नजिकैको खुट्टिखोलामा बालुवा, गिट्टी झार्ने काम गर्छन्। बुधबार पनि उनी १६ वर्षीया छोरी गुलाब सदायलाई लिएर खोलामा आए।दिनभरी गिट्टी, बालुवा झारे।साँझ घर फर्के। मजदुर दिवसको बारेमा आफूलाई केही थाहा नभएको उनले सुनाए। बुवा-छोरी दिनभरी काम गरे ६ सय रुपैयाँ कमाई हुने उनले बताए।

उनकै गाउँका ६० वर्षीय सन्नदन सदायपनि २० वर्षीय छोरा सुरेन्द्रसहित बिहानै खोलामा आएका थिए।बुबा-छोरा उर्खमाउलो गर्मीमा दिनभरी खोलामा गिट्टी, बालुवा झारे। दिनभरी काम गर्दा ५÷६ सय रुपैयाँ कमाई हुने गरेको सदायले सुनाए।

आफ्नो गाउँका १९ घरधुरीका सदाय परिवारले खोलामै मजदुरी गरी गुजारा चलाउने गरेको उनले बताए।उनीहरुजस्तै, भदैया, शोभापुर, गुदिगाउँ, गोविन्दपुर, वस्तीपुर, बासाजोडीलगायत दर्जनभन्दा बढी गाउँका करिब ४ सय मजदुरले खोलामा गिट्टी, बालुवा झार्ने काम गर्छन्। मजदुर दिवसको दिन पनि उनीहरु खोलामै भेटे।

अभिभावकसँगै पढ्ने उमेरका बालबालिका पनि यो काम गर्छन्। 'पुस्तौदेखि मजदुरी गरे, थातथलो केही जोड्न सकिन,' बिरीलालले भने,'आर्थिक अवस्था कमजोर हुँदा स्कुल जाने छोरी पनि काम गर्न आउँछन्।'

दिनहुँ खोलामा काम गर्न नआए साँझ चुलो पनि नबल्ने उनी सुनाउँछन्।उनको एक छोरा र तीन छोरी छन्। छोराछोरीले पढ्न पाएका छैन्न।सन्नदनको पनि कम दुःख छैन्।उनी सियाराम गुप्तासँग १६ वर्ष अगाडी ऋण तिर्न ऋण लिएका थिए, ३० हजार रुपैयाँ। केही वर्ष मजदुरी गरी उनले २० हजार तिरेको सुनाए।

१० हजार बाँकी रुपैयाँमा ७० हजारको कागज(कपाली) गराएको सदायले बताए। त्यही रुपैयाँको गुप्ताले आफ्नो नाममा रहेको ७ कठ्ठा १७ धुर जग्गा दारु खुवाएर बन्धकी राख्न लगाएको सन्नदनको भनाई छ।'दुःख गरी जोडेको जग्गा पनि ठूलाबडाले हड्प्न खोजेको छ, त्यही बचाउन अड्डादेखि नेताकहाँ वर्षौदेखि धाए,' उनले भने, 'घर त्यही जग्गामा छ, हटाउन दबाब दिँदै छ। उठीबास लाग्ने चिन्ता बढेको छ।'

मजदुरको बारेमा गोष्ठी, सभा, सम्मेलनमा नेताहरु भनाउँदाले ठूलठूला भाषण सुनाउँछन, तर समस्या पर्दा कोही सहयोग नगरेको सुरेन्द्र सदायको दुखेसो छ। 'पुस्तौ मजदुरीमै बित्यो, कहिले सुख पाइन,' उनले भने। मजदुरीबाट कमाएको रुपैयाँ घरव्यवहार चलाउनमै खर्च हुने गरेको उनले सुनाए।जग्गाको कर्जा तिर्न बुबासँगै पढाई छाडेर मजदुरीमै आएको सुरेन्द्र सुनाउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.