एनसेलको नाफा साढे तीन अर्बले घट्यो

एनसेलको नाफा साढे तीन अर्बले घट्यो

काठमाडौं : दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको नाफा साढे तीन अर्ब रुपैयाँले घटेको छ। एनसेलको प्यारेन्ट कम्पनी आजियाटा मलेसियाले मंगलबार सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्रतिवेदनअनुसार एनसेलको नाफा १८ अर्ब ९० करोड रुपैयाँबाट घटेर १५ अर्ब ३० करोडमा झरेको हो।

सन् २०१७ मा १८ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको एनसेलले सन् २०१८ मा १५ अर्ब ३० करोड रुपैयाँमात्रै खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार एनसेलको सन् २०१६ मा नाफा २० अर्ब ३० करोड थियो। निरन्तर रूपमा घट्दै गएको एनसेलको नाफामा योपटक टेलिकम क्षेत्रमा बजेटमार्फत गरिएको करसम्बन्धी नीतिगत परिवर्तनले ठूलो असर पारेको प्रतिवेदनमा उल्लेख छ।

सरकारले चालु बजेटमार्फत टेलिकम सेवा शुल्कमा दुई प्रतिशतले बढाएर १३ प्रतिशत पुर्‍याएको थियो। त्यस्तै डेटा सेवामा एकैपटक १३ प्रतिशत टेलिकम सेवा शुल्क लगाउने निर्णय गरेको थियो। त्यतिमात्रै नभएर सरकारले टेलिकम कम्पनीको आयकर सीमामा पाँच प्रतिशत वृद्धि गरी ३० प्रतिशत पुर्‍याएको थियो। जसको प्रतिफल एनसेलको नाफामा कमी आएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार कम्पनीको कारोबार झण्डै डेढ अर्ब रुपैयाँले घटेको छ। सन् २०१७ मा ५८ अर्ब १० करोड करोबार गरेको कम्पनीले सन् २०१८ मा ५७ अर्ब ५० करोडमात्रै कारोबार गरेको छ। कारेबारमा आएको कमीले एनसेलको ब्याज, कर, ह्रासकट्टी र किस्ता (ऋणको साँवा फिर्ता) अघिको आम्दानी (ईबीआईटीडीए) झन्डै पाँच प्रतिशले घटेको छ।

सन् २०१७ मा ३७ अर्ब ३० करोड रुपैयाँ ईबीआईटीडीए भएको कम्पनीको सन् २०१८ मा ३५ अर्ब ५० करोड रुपैयाँमा झरेको छ। सन् २०१७ को तुलनामा ईबीआईटीडीए चार दशमलव नौ प्रतिशतले घटेको देखिन्छ। यसको प्रमुख कारण करसम्बन्धी नीतिगत परिवर्तन र विदेशबाट कल आउँदा हुने आम्दानी (इन्टरनेसनल लङ डिस्ट्यान्स कल (आईएलडी)मा आएको कमी भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार आईएलडी ३३ प्रतिशतले कमी आएको छ। आईएलडीमा कमी आए पनि अर्कोतर्फ डेटामार्फत हुने आम्दानीमा भने उल्लेख्य वृद्धि भएको देखिन्छ। सन् २०१८ मा डेटा सेवामा एनसेलको आम्दानी १८ प्रतिशतले वृद्धि भएको छ। डेटा सेवामार्फत यो वर्ष एनसेलले १२ अर्ब ९७ करोड रुपैयाँको कारोबार गरेको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.