अपांगता भएकालाई आर्थिक सहयोग
विराटनगर : शारीरिकरुपमा अपांगता भएका एक परिवारलाई विराटनगरका समावसेवी बाबुराम दाहालले आर्थिक सहयोग गरेका छन्। उनले सुनसरीको इटहरी २ स्थित तामांग चोकमा बस्दै आएका लक्ष्मण तामाङ र मनमाया तामागलाई आर्थिक सहयोग गरेका हुन्।
विराटनगर ५ चाँदनी चोक निवासी समाजसेवी दाहालले बिहीबार इटहरीस्थित तामांगको घर पुगेर सहयोग स्वरुप ११ हजार नगद प्रदान गरेका हुन्। तामागकी जेठी छोरी अस्मिता,जेठो छोरा सरोज,कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीप पूर्ण अपांगता छन्। १४ देखि २८ वर्षसम्मका उनीहरु कोही पनि आँखा देख्दैनन्।
कान्छो छोराबाहेक कोही पनि बोल्न समेत सक्दैनन्।उठेर हिँडन र बस्न पनि सक्दैनन्।सात वषौंसम्म तन्दुरुस्त देखिएका उनीहरमा विस्तारै आखा नेदेख्ने समस्या देखिएको आमा नरमायाले बताइन्।
आँखाको समस्या बढ्दै गएपछि उनीहरुको शरीर निस्क्रिय हुँदै बोली समेत बन्द भएको थियो।अहिले उनीहरु सबै ओछयानमा थला परेका छन्।सबैलाई नुहाउने,धुवाउने,खुवाउने र सरफाइमा अहोरात्र आमा नरमाया जुटेकी छिन्।तामाङ परिवारको पीडाबारे थाहा पाएर आफूलाई सहयोग गर्ने इच्छा जागेको दाहालले बताए।