दाङका १३ विद्यालयका कक्षा घटुवा

दाङका १३ विद्यालयका कक्षा घटुवा

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले १३ विद्यालयको कक्षा स्थगित गराएको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै उपमहानगरको शिक्षा महाशाखाले विद्यार्थी संख्या कम भएका १३ विद्यालयमा कक्षा स्थगन गरेको हो।शैक्षिक सुधार गर्न नसक्ने नगरका १३ विद्यालयको घटुवा गर्दै कक्षा स्थगित गरिएको शिक्षा शाखा प्रमुख भास्कर गौतमले बताए। 

सरकारले तोकेको मापदण्डभन्दा कम विद्यार्थी संख्या रहेका विद्यालयलाई गत साल विद्यार्थी संख्या वृद्धि गर्ने अवसर प्रदान गरिएको थियो, गौतमले भने, 'त्यो अवसर विद्यालयले पुरा गर्न नसकेपछि यो वर्षदेखि कक्षा स्थगित गरिएको हो। शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले विद्यालय स्थगन वाध्यता भएको भन्दै सबै शिक्षकलाई अपुग भएका विद्यालयमा स्थानान्तरण गरिने बताए।

'शिक्षक र विद्यार्थी अनुपात मिलाउनका लागि हामीले यो प्रयत्न गरेका हौं,' गौतमले भने। उनले शिक्षाको लगानीलाई उत्पादनशिल काममा लगाउनका लागि सबैले पहल गर्नुपर्ने बताए। 

कक्षा स्थगन भएका विद्यालयमा वडा नम्बर ७ मा रहेको प्रावि मोतिपुर, वडा नम्बर ३मा रहेको प्रावि डाडाखुटी, वडा नम्बर ४ मा रहेको प्रावि वनहरी र प्रावि लामिदमार, वडा नम्बर ११ मा रहेको प्रावि पिरगाउँ, वडा नम्बर २ मा रहेको प्रावि घोरवन्डा, वडा नम्बर १५ मा रहेको प्रावि लुहाडवरा, वडा नम्बर १४ मा रहेको प्रावि दलजितपुर,वडा नम्बर १६ मा रहेको प्रावि भेलाही, वडा नम्बर १७ मा रहेको प्रावि कानकाटे र प्रावि हेमन्तापुर, वडा नम्बर १८ मा रहेको प्रावि वर्लेनी र वडा नम्बर ५ मा रहेको प्रावि फैजाने रहेको शिक्षा प्रमुख गौतमले जानकारी दिए।गौतमका अनुसार कक्षा स्थगन भएका विद्यालयमा शिशु कक्षा भने यथावत रहने छन्। 

प्रधानाध्यापकसँग छलफल 
यसै बीच तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि प्रधानाध्यापकसँग छलफल गरेको छ । उपमहानगरपालिका भित्र रहेका ८३ सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग गरेको छलफलमा सामुदायिक शिक्षा सुधारका लागि सामुहिक प्रयत्नका साथमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ।

नगरप्रमुख घनश्याम पाण्डेले शिक्षा सुधारका लागि शिक्षकसँग गरिएको कार्यसम्पादन अनुसार काम भए नभएको बारेमा समिक्षा गरेर तत्काल नयाँ कदम चालिने बताए। शिक्षा सुधारको नायक प्रधानाध्यापक भएकाले सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापकले नै लिनुपर्ने उनले बताए।

कतिपय विद्यालयका प्रधानाध्यापक र शिक्षकले जिम्मेवारी कुशलतापूर्वक बहन गर्न नसक्दा वाध्य भएर कक्षा स्थगन गर्नुपरेको उनले बताए। कक्षा स्थगनका लागि १ वर्ष अगाडि नै मौका दिएको बताउँदै प्रधानाध्यापकले जिम्मेवारी वहन गर्न नसकेको हुँदा यसपटकदेखि कक्षा स्थगन गरिएको बताए।

पैसाको चलखेल गरेर शिक्षा क्षेत्रमा केही गलत काम गर्न सकिन्छ भन्ने दिन गइसकेको बताउँदै उनले जहाँ विद्यार्थी त्यहाँ शिक्षकको मर्म अनुसार शिक्षक व्यवस्थापन गरिने बताए। 

हरेक विद्यालयमा सरकारले तोकेको मापदण्ड अनुसार विद्यार्थी संख्या हुनैपर्ने भन्दै नगरप्रमुख पाण्डेले मापदण्डभन्दा कम विद्यार्थी हुने विद्यालय अनिवार्य रुपमा मर्ज हुने बताए।अधिकांश विद्यालयमा समयमै शिक्षक विद्यालय जाने नगरेको बताउँदै कि शिक्षक हाजिर कि राजीनामा हाजिर भन्ने शूत्रबाट उपमहानगरपालिकाले कारवाही अगाडि बढाउन लागेको जानकारी दिए।

नगरप्रमुख पाण्डेले प्राथमिक तहमा ५ सय, आधारभुत तहमा ७ सय ५० र माध्यमिक तहमा १ हजार भन्दा बढी  विद्यार्थी पुर्‍याउने विद्यालयलाई प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराउने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.