खाडाका अग्नीपीडितलाई घर बनाउन एक करोड ६० लाख

खाडाका अग्नीपीडितलाई घर बनाउन एक करोड ६० लाख

कालिकोट : कर्णाली प्रदेश सरकारले कालिकोटको खाडाका अग्नी पीडितहरूको घर निर्माणका लागि विनियोजन गरेको एक करोड ६० लाख रुपैयाँ गाउँपालिकालाई हस्तान्त्रण गरेको छ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बुधबार कालिकोटमा आयोजित कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमलाई एक करोड ६० लाखको चेक हस्तान्त्रण गरेका हुन्।

मन्त्री भण्डारीले खाडाका अग्नी पीडितको घर असार मसान्तभित्र निर्माण गर्ने गरी काम अगाडि बढाउन गाउँपालिकालाई निर्देशन दिए। 'असार मसान्तभित्र सबैको घर निर्माण गरी अग्नी पीडितको अनुहारमा मुस्कान ल्याउनुस्', उनले भने। प्रदेश सरकारको निर्णय अनुसार खाडाका अग्नी पीडित ३२ परिवारको घर निर्माणका लागि प्रति परिवार ५ लाखका दरले एक करोड ६० लाख बजेट उपलब्ध भएको छ।

गत वर्षको पुस ८ गते भएको आगलागीमा न्यौपानेहरूको थलो खाडाका ३२ घर जलेर नष्ट भएका थिए। त्यस लगत्तै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाडामै पुगेर आग्लागीले जलेर खरानी भएको खाडामा खरमुक्त नमूना बस्ती निर्माण गरिदिने घोषणा गरेका थिए।

मन्त्री भण्डारीले समृद्ध कर्णाली प्रदेश निर्माणको अभियानमा अफूहरू रहेको बताए। उनले रोग, भोक, अशिक्षा र गरिबीको चपेटामा परेका कर्णालीवासीलाई समृद्धिको आभास दिलाउने गरी प्रदेश सरकारले काम अगाडि बढाइरहेको बताए।

कर्णालीमा रहेको प्राकृतिक श्रोत साधनको अधिकतम सदुपयोग गर्नेगरी नीति निर्माण र बजेटमा केन्द्रित गरिने उनले बताए। कृषि, पर्यटन, जडिबुटी लगायतको संरक्षण र बजारीकरणमा जोड दिने उनले बताए।

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले तत्काल खाडाको बस्ती पुनर्निर्माणको काम थालनी गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.