‘आफ्नै गाउँ फर्की आएँ’ सार्वजनिक

‘आफ्नै गाउँ फर्की आएँ’ सार्वजनिक

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रका चर्चित एवं वरिष्ठ संगीतकार शक्ति बल्लभको गीति संग्रह ‘आफ्नै आउँ फर्की आएँ’ सार्वजनिक भएको छ।  म्यूजिक नेपालले पुराना नेपाली चलचित्रका १५ वटा गीत संकलन गरेर गीति संग्रह तयार पारेर सार्वजनिक गरेको हो।

गीति संग्रहमा वरिष्ठ गीतकार रत्न शमशेर थापाद्धारा लेखिएका गीत छन्। आफ्नै गाउँ फर्की आएँ नामको उक्त एल्वमलाई गोल्डे नकलेक्सन अफ शक्ति बल्लभ भनेर म्यूजिक नेपालले आफ्नो युटयूब च्यालनमार्फत गीतहरू सार्वजनिक गरेको हो।

एल्वममा पुराना चर्चित चलचित्रका सदाबहार गीतहरू समावेश गरिएका छन्। चलचित्र सीमानाको उकाली ओराली गर्दै, फूलको डालीडालीमा, जमिनको डाँडापाँखा, अवतारको नयाँ मनोहर, चोखोमायाको सप्तरंगी फूलै फूल्यो, चुमेर सुगन्धी फूल, रणभूमिको सजाई सपना, घरसंसारको मस्तीमा झुमी, राजकुमारको त्यो नयनको लगायत गीत समावेश गरिएका छन्।

नेपाली सांगीतिक क्षेत्रमा लागेको चार दशकभन्दा बढी बिताइसकेका बल्लभले सात सयभन्दा बढी गीतमा संगीत गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.