१२ वर्षपछि फरार अभियुक्त पक्राउ

१२ वर्षपछि फरार अभियुक्त पक्राउ

धादिङ : कर्तव्य ज्यान मुद्धाका ३ जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धादिङले घटना भएको १२ वर्षपछि पक्राउ गरेको छ। २०६३ साल कात्तिक ७ गते तत्कालिन तिप्लिङ गाविसका देवबहादुर विकलाई कुटपिटपछि हत्या गरेको अभियोगमा अदालतबाट सजाए सुनाइएका अभियुक्त घटना भएको १२ वर्षपछि पक्राउ परेका हुन्।

तिहारको समयमा देउसी खेल्न जान नमानेका कारण विवाद उत्पन्न भइ कुटपिट हुँदा देवबहादुर विकको २०६३ साल कात्तिक ७ गते उपचारको क्रममा मृत्यु भएको थियो। 

घटनापछि मृतक देवबहादुरका भाइ गमबहादुर विकले घटनामा संलग्न ८ जनाको नाममा किटानी जाहेरी दिएका थिए। घटनामा संलग्न रहेका ८ जनामध्ये फरार रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरीको टोलीले गत वैशाख ११ र १५ गते रसुवा, धादिङ र काठमाडौंबाट पक्राउ गरेको हो। 

वैशाख ११ गते काठमाडौंको गौशालाबाट सार्की विकलाई पक्राउ गरेपछि प्रहरीले वैशाख १५ गते धादिङको तिप्लिङबाट बम बहादुर विक र रसुवाको आमाछोदिङमो गाउँपालिका -५ प्राजुङबाट हेम डल्ला विकलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए।

सार्कीलाई २ वर्ष कैद तथा बमबहादुर हेम डल्लालाई २० वर्ष कैद सजाय तोकिएको छ।घटनामा संलग्न रही फरार रहेका १ जनाको मृत्यु भइसकेको छ भने २ जनाले सजाय भुक्तान गरी कारागारबाट रिहा भइसकेका छन्। त्यस्तै २ जनालाई जिल्ला अदालत धादिङले सफाइ दिएको थियो। 

फरार अभियुक्त पक्राउ बिशेष अभियान अन्तरगत विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले जानकारी दिए। 'धादिङ प्रहरीले फरार अभियुक्त पक्राउ विशेष अभियान नै चलाएको छ, यसैको सफलता स्वरुप १२ वर्षपछि अभियुक्त पक्राउ गर्न सफल भएका हौँ।' फरार अभियुक्त पक्राउ विशेष अभियान जारी रहने उनले बताए।

यस्तै लागुऔषध गाँजा चरेश मुद्धामा जिल्ला अदालत धादिङबाट २०७० जेठ २२ गते सजाय सुनाइएका कृष्ण कमर क्षेत्रीलाइ पनि पक्राउ गरिएको छ।बेनिघाट रोराङ ३ बस्ने क्षेत्रीलाइ १ वर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएको थियो। सोमबार पक्राउ परेका क्षेत्रीलाई जिल्ला अदालतमा बुझाइ कारागार चलान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.