बलात्कार आरोपमा विराटनगरका उद्योगी पक्राउ

बलात्कार आरोपमा विराटनगरका उद्योगी पक्राउ

विराटनगर : महिलालाई बलात्कार गरेको आरोपमा विराटगनरका एक उद्योगीलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–३ का ४५ वर्षे दीपक गौतमलाई बुधबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। 

गौतम विराटनगर–३ बरगाछिमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन्। लामो समयदेखि सञ्चालित यस उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि डिजाईनका कामहरु हुने गरेको जानकारी प्रहरीले दिएको छ। 

त्यही उद्योगमा कार्यरत एक कर्मचारीकी श्रीमतीलाई बैशाख १५ गते साँझ ७ बजे जवरजस्ती उद्योगकको कोठाभित्र लगेर बलात्कार गरेको आरोप उद्योगी गौतममाथि लागेको छ। डीएसपी श्रेष्ठका अनुसार ती कर्मचारी र उनकी श्रीमती उद्योग परिषरमै रहेको फेमिली क्वार्टरमा बस्दै आएका थिए। उद्योग सञ्चालकले आफूमाथि बलात्कार गरेको कुरा महिलाले आफ्ना श्रीमानलाई बताएपछि घटना बाहिर आएको जानकारी श्रेष्ठले दिए। 

आफूमाथि यसअघि पनि उद्योग सञ्चालकले पटक–पटक बलात्कारको प्रयास गरेको जानकारी महिलाले प्रहरीलाई दिएकी छन्। बलात्कारबाट पीडित बन्नु परेको भन्दै बुधबार साँझ महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गौतमलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठको भनाइ । 

उनका अनुसार पक्राउ गरिएका गौतम विरुद्ध जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन बिहीबार जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ। प्रहरीले महिलाको स्वास्थ्य परीक्षण कोसी अस्पताल विराटनगरमा गराएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.