रुकुम पूर्वमा स्वास्थ्य विमा प्रभावकारी भएन

रुकुम पूर्वमा स्वास्थ्य विमा प्रभावकारी भएन

रुकुम पूर्व : आधारभुत स्वास्थ्य सेवामा नागरिकको पहुच विस्तार गर्ने र आर्थिक अभावमा रहेका नागरिकका लागि उपचारको सहजता प्रदान गर्ने लक्ष्यका साथ नेपाल सरकारले अघि सारेको स्वास्थ्य विमा कार्यक्रम रुकुम पूर्वमा प्रभावकारी बन्न सकेको छैन। जिल्लाको कुल जनसंख्याको ७.२३ प्रतिशतले प्रतिशतले मात्रै स्वास्थ्य विमा गरेका छन्। यसमा पनि उपचार पाउनेको संख्या एकदम न्युन छ।

विमाको महत्वबारे सर्वसाधारण नागरिकलाई विस्तृत जानकारी नै नगराई गरिएको विमाबारे यहाँका धेरै नागकिरलाई आधारभूत ज्ञानसमेत छैन। यसबारे थाहा पाएकाले पनि यो नेपाल सरकारको कार्यक्रम हो भन्ने बारे अनविज्ञता प्रकट गरेका छन्। कुल ५३ हजार १८ जनसंख्या रहेको यस जिल्लामा तिनवटा गाउँपालिका छन्। कुल जनसंख्याको  ३ हजार ८ सय ४४ जनाले मात्रै अहिलेसम्म स्वास्थ्य विमा गरको स्वास्थ्य विमा जिल्ला संयोजक भरत खड्काले बताए।

देश संघीयतामा गएपछि बनेको कान्छो जिल्लासमेत भनिने साविक रुकुम जिल्लाबाट छुट्टिएको यस जिल्लामा जिल्ला अस्पतालसमेत छैन। 

खड्काका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोललाई प्रथम सेवा विन्दु मान्ने भनेर भनिए पनि कोलबाट सेवा सुचारु नहुदाँ विरामीले विमा गर्दा पनि उपचारका लागि दुई दिन हिड्नुपर्ने बाध्यता रहेको छ। पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटका रतन पुनले आफुले विमा गरेको तर उपचार सेवा लिन रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले जानुपर्ने बाध्यता रहेकोले शशुल्क सेवा लिएरै उपचार गरेको बताए। 

‘विमा गरेपछि ५० हजार बराबरको उपचार निःशुल्क हुन्छ भन्ने सुनेको हो। तर पाइएन’, पुनले गुनासो गरे, ‘एक दिन हिँडेर रुकुमकोटमा रहेको सरकारी अस्पताल पुग्दा विमाको सेवा लिन मुसीकोट जानुपर्छ भने यसकारण मैले पैसा तिरेरै सेवा लिए।’

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.