हावाहुरी र असिनापानीले स्याङ्जामा लाखौं क्षति

हावाहुरी र असिनापानीले स्याङ्जामा लाखौं क्षति

स्याङ्जा : अचानक आएको धूलो सहितको हावाहुरी र असिनापानीले स्याङ्जामा लाखौं रुपैयाँ बराबरको क्षति पुगेको छ। बुधबार दिउसो आएको हावाहुरीले दर्जनौं घरलाई क्षति पुर्‍याएको छ। कयौं घर र विद्यालयका छाना उडाएका छन्। झ्यालका शिशा फुटेका छन्।

झण्डै पौने घण्टा जतिको तीव्र गतिको हावाहुरी र असिनापानीले खेतवारीमा लगाएको मकैलाई नराम्ररी प्रभाव पारेको छ। मौसमी तथा बेमौसमी तरकारी खेती र फलफूल नष्ट भएका छन्। भर्खर कोपिला लाग्दै गरेका सुन्तला र तरकारीखेतीलाई नष्ट पारेको पुतलीबजार नगरपालिका ६ ठूलाडिहीका नेमबहादुर रानाले बताए। भने, ‘ असिना पानीले सुन्तला र बेमौसमी तरकारी बालीमा झण्डै १ करोड बराबरको क्षति पुगेको छ।’ सो क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र हो। यहाँ मौसमी तथा बेमौसमी तरकारी खेती पनि गरिन्छ।

धूलोसहितको हावाहुरीका कारण पुतलीबजार नगरपालिका १ निवासी गणेश पाण्डेको टिनको छानो उडाएको छ। घरमा छाएको टिनको छानो बलो (टिनलाई अड्याउन प्रयोग गरिने काठ) सहित सबै उडाएर सडकमा पुर्‍याएको थियो।

पुतलीबजार नगरपालिका ३ स्थित काजीमान हरिटीका माविको टिनको छाना पनि उडाएको छ। यत्रतत्र ठाउँ ठाउँमा रुखहरू ढलेका छन्। ठाउँ ठाउँमा बिजुली र टेलिफोनका तार चुडिदा बिजुली र इन्टरनेट सुबिधा अवरुद्ध बनेको थियो। 

स्याङ्जाका पुतलीबजार, भीरकोट, वालिङ्, गल्याङ्, फेदिखोला, आधीखोला लगायतका तहमा पनि हावाहुरी सहितको असीना पानीले अन्नबालीनाली, तरकारी र फलफूल र पुराना तथा कच्चीघरलाई क्षति पुर्‍याएको छ।

यसैबीच बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको ‘फानी’ नामक आँधीको प्रभाव नेपालको हिमाली क्षेत्रमा पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.