नेपाल वायुसेवा निगमलाई ऋण तिर्न समस्या
काठमाडौं : नेपाल वायुसेवा निगमले नाफामूलक गन्तव्यमा उडान गर्न नसक्दा र पूर्ण क्षमतामा जहाज उडाएर लाभ लिन नसक्दा जहाज किन्दाको ऋण तिर्न समस्या परेको छ। निगमको वाइडबडी उडानले अपेच्छाकृत रूपमा उडान विस्तार गर्न नक्दा यसले लाभ लिन नसक्दा यसका न्यारोबडी र वाइडबडी नामक दुबै प्रकारका जहाजको किस्ता रोकिएको छ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार सरकारसँग मागिएको २० अर्ब रुपैयाँ निकासा नभएसम्म निगमको समस्या समाधान हुँदैन्। ‘यो पैसा निकासा भएको अवस्थामा हामीले त्यसलाई ऋण तिर्नमा प्रयोग गर्छौ। जसका कारण हरेक तीन महिनामा तिर्नुपर्ने एक अर्ब १३ करोड रुपैयाँको किस्ता जम्मा १७ करोड रुपैयाँमा झर्छ,’ खरेलले भने।
सरकारले अहिले निगमलाई अप्ठारो परेको अवस्थामा २० अर्ब रुपैयाँ दियो भने भोली नाफा कमाएपछि फिर्ता लान सक्छ। अहिले निगमलाई किस्ता तिर्न अप्ठारो परेको अवस्थामा सहयोग गरेन भने विस्तारै कर्मचारीलाई तलब दिनै समस्या हुन्छ। यो अवस्था आउन नदिन र निगमलाई ऋण वापतको किस्ताको रकम कम गर्न पनि सरकारी रकम आवश्यक भएकोले खरेल बताउँछन्। उनका अनुसार सरकाले निगमको आर्थिक समस्या समाधान गर्नकै लागि पनि उक्त रकम निकासा गरेर सहयोग गर्नुपर्छ।
निमगले कर्मचारी संचकोषलाई एक अर्ब १८ करोड र नागरिक लगानी कोषलाई ७३ करोड गरेर कुल एक अर्ब ९१ करोड रुपैयाँ किस्ता तिर्न बाँकी रहेको विवरण तयार पारेर पर्यटन मन्त्रालय बुझाएको छ। निगमको आर्थिक अवस्थाको बारेमा सरकारलाई जानकारी गराएको र आर्थिक संकटमा रहेकोले ऋणको किस्ता घटाउने गरी सरकारासँग रकम माग गरेको हो।
निगमले तिर्न नसनेको यो रकम पुस मसान्तसम्मको र चैत मसान्तसम्मको गरी दुई वटा किस्ताको हो। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार निगमले हरेक तीन महिनामा वाइडबडीको ८० करोड ८२ लाख रुपैयाँका दरले तिर्नुपर्छ भने न्यारोबडीका लागि ३३ करोड ९ लाख तिर्नुपर्छ। यसमध्ये गत चैत मसान्तसम्मा ४५ करोड रुपैयाँ तिरेको छ। यसमा वाइडबडीको करिब १२ करोड छ भने बाँकी वाइडबडीको किस्ता तिर्न सकिएको छ। दुइवटा किस्ताको रकम तिर्न नसकेका कारण रकम थपिदै गएको पनि निगमले जानकारी दिएको छ।
निगमको जहाजले आम्दानी गर्न नसकेको र उडानबाट कमाएको रकमबाट सबै खर्च धान्न नसक्दा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै बाइडडीको घाटा एक अर्ब ६६ करोड पुगेको छ। यो अवधिमा न्यारोबडी पनि ११ करोड रुपैयाँले घाटामा गएको छ।
यो समयमा निगमको न्यारोवडी र वाइडबडी दुवै प्रकारको जहाज घाटा भएको छ। जसका कारण निगमले वाइवडीका लागि तेस्रो तथा चौथौ र न्यारोबडीको १४ औं तथा १५ औं किस्ता तिर्न समस्या भएको हो। निगमसँग नगद अभाव भएकाले सरकारलाई निगमको अवस्था र यसलाइ आवश्यक रकम पुँजी थप गरेर तिरिदिन अनुरोध गरिरहेको छ। निगमले तीन वर्ष अगाडि कर्मचारी संचयकोषबा १० अर्ब रुपैयाँ ऋण लिएर न्यारोबडी किनेको हो भने सञ्चय कोष र नागरिक लगानी दुवै कम्पनीबाट २४ अर्ब ऋण लिएर करिब एक बर्ष अगाडि मात्रै बाइडबडी जहाज किनेको हो। निगमसँगै दुबै प्रकारका एयरवसको न्यरोडडी र वाइडबड जहाज २/२ वटा छ। यी दुबै प्रकारको जहाजको किस्ता १५ वर्षसम्म निरन्तर तिर्नुपर्न सर्त छ।
‘निगमको वाइडबडीले लामो दूरीको उडान गन्तव्यअन्तर्गत जापान, कोरिया र चीनमा उडान गर्ने तयारी गरेको छ। जबसम्म वाइडबडीले लामो दूरीमा उडान गर्न सक्दैन तबसम्म यसले कमाएको पैसाले यसैको खर्च धान्न सक्दैन’, कोइरालाले भने। जापान उडान भने आगामी असारदेखि नै हुँदै छ। यो सँगै अब कोरिया र चीन पनि उडान विस्तार गर्ने प्रयासमा निगम लागिरहेको छ।