फक्सवागनका १० अफर
काठमाडौं : फक्सवागन गाडी नेपालमा बिक्री सुरु भएको १० वर्ष पूरा गरेको उपलक्ष्यमा १० वटा अफर सार्वजनिक गरिएको छ। फक्सवागन गाडीका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनलले १० लाख रुपैयाँसम्मको छुटलगायत अफर ल्याएको छ।
कम्पनीका अनुसार प्रथम सय जना ग्राहकलाई २५ लाख ९० हजारमा पोलो कार, जर्मन गाडीमा १० लाख सम्म नगद छुट, तुरुन्त फाइनान्सको सुविधा दिने भएको छ। यस्तै निःशुल्क एसेसरिज, प्रथम वर्षका लागि फ्री रोड ट्याक्स, एक्सचेन्ज बोनस, लोएल्टी बोनस, १० वर्षको फ्री सर्भिसिङ, २ वर्षका लागि निःशुल्क रोड एसिस्टेन्स, चित्त बुझेमा मात्र सर्भिस चार्ज तिरे पुग्ने सुविधालगायत अफर ल्याएको हो।
सुरुवाती दिनमा ग्राहकलाई युरोपियन फक्सवागन गाडीको मर्मत खर्च अन्य गाडीको तुलनामा कम छ भन्ने बुझाउन कठिन भएको प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेको भनाइ छ। ‘सुरुमा नेपाली बजारमा जापानिज, कोरियन र भारतीय गाडीमा मात्र काम गरिरहेको मेकानिक्सलाई जर्मन गाडी मर्मत गर्न सिकाउन केही समय लागेको उनले स्मरण गरे। हाल १० सहरमा फक्सवागन गाडीको सर्भिस सेन्टर छ।