काठमाडौंको पीच सडकमै पल्टियो बस, १७ भन्दा बढी घाइते

काठमाडौंको पीच सडकमै पल्टियो बस, १७ भन्दा बढी घाइते

काठमाडौं : काठमाडौंमा शुक्रबार बिहान बस दुर्घटना भएको छ। चाबहिल-जोरपाटी-बौद्ध-साँखु सडकखण्डअन्तर्गत बौद्ध टुसालमा बस दुर्घटना भएको हो। आलापोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस बिहान साढे ९ बजेतिर दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ।

दुर्घटनामा परी १७ भन्दा बढी यात्रु घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बस अनियन्त्रित भएर पीच सडकमै पल्टिएको हो। बसका चालक भने नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.