एसियाली देशको हवाइ र जलमार्ग सञ्जाल बनाउन नेपालको प्रस्ताव

एसियाली देशको हवाइ र जलमार्ग सञ्जाल बनाउन नेपालको प्रस्ताव

काठमाण्डौं : नेपालले एसियाली मुलुकबीच हवाइका र जलमार्ग सञ्जालको विकासका लागि भौतिक पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिएको छ।   बैशाख १८ र १९ गते कतारको दोहामा आयोजित एसिया को–अपरेशन डायलग (एडिसी) को १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले एसियाली मुलुकबीचको सहकार्यलाई अझ बढी प्रभावकारी बनाउन जल सञ्जालमा जोडिनुपर्ने प्रस्ताव गरेका हुन्। एसिया महाद्वीपका सबै मुलुकलाई एउटै मञ्चमा आवद्ध गरी समग्र एसियाको विकासमा सदस्य राष्ट्रहरुबीच सहकार्य तथा एकता प्रवद्र्धन गर्नुपर्ने मन्त्री बस्नेतका भनाई थियो।

उनले सदस्य राष्ट्रका हितमा केन्द्रीत भई विविध पक्षहरुको प्रवद्र्धन गर्दै व्यापार, पर्यटन, एवं लगानी प्रवद्र्धनकासाथै जनस्तरको सम्बन्ध विस्तारमा समेत पारस्परिक सहकार्यका पक्षमा नेपाल रहेका बताए।  यस्तै  बस्नेतले जलवायु परिवर्तन र साना तथा अल्पविकसित मुलुकमा यसले पारेको असर अनि यसबाट उत्पनन जोखिम एवं प्राकृतिक विपत्तिको दीर्घकालीन समाधानका लागि सबै एसियाली मुलुक एकजुट हुुनुपर्ने धारणा मन्त्री बस्नेतले राखे। 

उनले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण भएकाले लगानी भित्र्याउन आग्रह गरे।  मन्त्री बस्नेतले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले नेपालको भ्रमणमा आउन पनि एसियाली मुलुकका जनतालाई अपिल गरे। 

बैठकले दोहा घोषणापत्र जारी गर्दै  दिगो विकास तथा शान्ति, कनेक्टिभिटी, व्यापार तथा पारवहन सहजीकरण, पर्यटन प्रवद्र्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्राकृतिक विपद व्यवस्थापन, साइबर सुरक्षा, आतंकवाद नियन्त्रणविरुद्धको सहकार्य, स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकासजस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका महत्वपूर्ण विषयहरुमा सहकार्यको घोषणा गरेको छ।

 एसिया महाद्वीपका मुलुकहरुबीच एउटै मञ्चमा अवद्ध भई विभिन्न विषयमा सहकार्यका लागि  सन् २००२ मा एसिडी गठन भएको हो। नेपाल सन् २०१६ मा सदस्य बनेको थियो। मञ्चमा एसियाका ३४ राष्ट्र सदस्य छन्। 

नेपाली मजदुरका समस्याबारे चासो 

बैठकपछि बुधबार साँझ मन्त्री बस्नेत नेपाली दूतावासले आयोजना गरेको नेपाली समुदायसँगको अन्तरक्रियामा सहभागी भए। त्यस क्रममा उनले नेपाली मजदुरको अवस्था एवं उनीहरुका हकहितका विषयमा छलफल गरे।

नेपालका लागि कतारका राजदूत र कर्मचारीहरुसँग नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध, दूतावासको सेवाप्रवाहको अवस्थाका बारेमा कुराकनी भएको थियो। कतारमा रहेका नेपाली श्रमिका सरोकारका विविध विषयमा मन्त्री बस्नेतलाई जानकारी दिइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.