विश्वप्रकाशको प्रश्न : देशमा जनताको सरकार छ कि राष्ट्रपतिको ?
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शर्माले आपत्ति जनाएका छन् ।
ट्विटरमा प्रधानमन्त्रीलाई म्यानसन गर्दै कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?’
प्रवक्ता शर्माले राजतन्त्र रहँदा ‘श्री ५ को’ सरकार हुँदा मेरो सरकार भन्थे तर अहिलेको संविधानले राष्ट्रपतिलाई सोही शैलीमा बोल्ने अधिकार नदिएको तर्क गरेका छन् ।
'कुनै बेला `श्री ५ को´ सरकार थियो, राजाले `मेरो सरकार'´ भनेर सम्बोधन गर्थे । आज रास्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?'
सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2019
कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?