परिवारले स्वीकार्न नसकेका यी बालक

परिवारले स्वीकार्न नसकेका यी बालक

कालिकोट : नरहरिनाथ गाँउपालिका–२, कोटवाडाका रत्न विस्ट आउने जेठमा आठ वर्ष पुग्दैछन्। जन्मेको ३५ दिन भित्र जन्म दर्ता गर्नुपर्ने नियममा उल्लेख छ। तर, आठ वर्ष पुग्दासम्म उनी जन्मदर्ता बिहिन छन्। 

बिर्ख विष्ट र आमसरा दर्जीबीचको प्रेम सम्बन्धबाट जन्मिएका रत्न बाबुतिरको परिवारले स्वीकार नगर्दा अहिलेसम्म पनि जन्मदर्ता बनाउन पाएका छ्रैनन्। न त उनले बुवाको घरमा नै स्थान पाएका छन्। दलितकी छोरीबाट जन्मिएको सन्तान घरमा स्वीकार नगर्दा रन्त विगत आठ वर्षदेखि मावलीकै शरणमा छन् ।        

२०६६ सालमा उनीहरु गोठालो जाँने क्रममा गाँसिएको प्रेम सम्बन्धपछि २०६७ सालमा रन्तनको जन्म भएको थियो। अविवाहित अवस्थामै आमसराले बच्चा जन्माएपछि गाउँमा हल्लाखल्ला नै मच्चियो। 

परिवारले सोधखोज गर्दा उनले बिर्ख विष्टको बच्चा भएको बताइन्। त्यसबेला गाउँका भद्र भलाधमीलेको बैठकमा बिर्खले पनि आफ्नो सन्तान भएको स्वीकार्दै ७२ महिनाको पुगेपछि आफ्नो सन्तान लिने कागज गरे। तर, त्यसयता बिर्ख सम्पर्कमा आएका छैनन्। 

०६७ भादौ ९ गते साविकको कोटबाडा गाविसका खम्म दर्जी र कुमालगाउँ गाविसका महासिंह बुढाको रोहबरमा कागजसमेत गरियो। अहिले यतिका वर्ष बित्दा पनि छोरी स्वकार्नु त कहाँ हो कहाँ जन्मदर्त गराउनसमेत नमानेको रत्नका मामा जनक दर्जीले बताए। 

‘पहिला प्रेम गरेर बच्चा जन्माउन जातले छेकेन, अहिले दलित भन्दै आफ्नो बच्चालाई नलिनु र जन्मदर्तासमेत नबनाउनु कस्तो विभेद हो?’ उनले प्रश्न गरे। बच्चा लैजाने कागज आफुहरुसँग सुरक्षित रहे पनि बिर्खका परिवारले स्वीकार नगर्दा आफैले रेखदेख गरिएको उनको भनाइ छ।

 स्थानीय चौथीकोट आधारभुत विद्यालयमा कक्षा चार पढ्दै गरेका रत्नले पनि आफ्नै घरमा जान चाहेको बताए। उनले भने, ‘सँधै बुवा आउनुहुन्छ भनियो, तर अहिलेसम्म आउनुभएन । म आफ्नै घरमा बस्न चाहान्छु ।’ दलितबाट जन्मिएको बच्चालाई बाबुको जिम्मा लगाउन पहल भइरहेको दलित अधिकारकर्मी वीर तिरुवाले बताए। 

गाउँमा गैरदलितहरुको विभेदका यस्ता घटनाहरु धेरै गुपचुपमा छन्। बिर्ख बिष्ट हाल भारत गएका छन्। बिर्ख बिष्टकी दिदी दुर्गा बिष्टले घरमा स्याहार गर्ने मान्छे नहुँदा बिर्ख बिष्टले स्वीकार गरेको छोरा घर नलिएको बताइन्। 

उनले भनिन्, ‘भाई गत फागुनमा भारत गएको छ, जन्म दर्ता किन गरेनन् मलाइै थाहा भएन।’ बिर्खको घरमा श्रीमती र एक छोरा पनि छन् । परिवारले नै स्वीकार नगर्ने दवाब दिएपछि आफ्नो छोरा नल्याएको बिर्खकी दिदीले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.