अस्ताए भोजपुरी भाषाका भीष्म पितामह
वीरगन्ज : भोजपुरी भाषासाहित्यका भीष्म पितामह पण्डित दीपनारायण मि श्रको ८४ वर्षको उमेरमा निधन भएको छ। भोजपुरी भाषासाहित्य उत्थानका लागि जीवनको चार दशक सक्रिय मि श्रको वीरगन्ज महानगरपालिका–७ रामटोलस्थित आफ्नै निवासमा बिहीबार राति निधन भएको हो।
मि श्र विगत सात वर्षदेखि उच्च रक्तचाप, मधुमेह र मुटु रोगबाट ग्रसित थिए। मि श्रको शुक्रबार दिउँसो वीरगन्जको अशोकवाटिकास्थित मसानघाटमा अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरमा छोरा मनोज मि श्रले दागबत्ती दिएका थिए। त्यसअघि रामटोलबाट निकालिएको शवयात्रमा भोजपुरी, हिन्दी, नेपाली भाषासाहित्यमा रुचि राख्ने सर्जक, साहित्यकार, राजनीतिक दलका नेता, समाजसेवी, सञ्चारकर्मी, उद्योगी, व्यापारीलगायत सहभागी थिए।
को हुन् पण्डित दीपनारायण मिश्र
भोजपुरी र हिन्दी भाषाको आख्यान र काव्य दुवै विधामा कलम चलाएर भोजपुरी भाषासाहित्यको सेवामा अनवरत र अथक रुपमा लागेका मि श्र भोजुरी भाषाको प्रज्ञा पुरुष र भोजुपरी साहित्यको महान् साहित्य साधक थिए।
मि श्र कुनै राजनीति पार्टीमा आबद्ध नभइकन मोफसलका भाषाको विकास र अधिकारका पक्षमा मात्र नभई सीमान्तकृत अधिकारका पक्षमा निरन्तर संघर्ष गर्ने अथक योद्धाका रुपमा चिनिन्छन्। उनले विक्रम संवत् २०२९ सालमा नेपाल भोजपुरी समाज र त्यसपछि वाङ्मय प्रतिष्ठान र नेपाल हिन्दी साहित्य परिषद् जस्ता संस्था स्थापित गरेका थिए।
इस्वी संवत १९३५ मा वीरगन्ज महानगरपालिका ७ रामटोलमा मध्यम परिवार जन्मिएका पण्डित दीपनारायण मि श्र २०२९ सालमा स्थापना भएको नेपाल भोजपुरी समाजका संस्थापक अध्यक्ष हुन्।
भोजपुरी भाषासाहित्यका भीष्मपितामह मिश्रको निधनले भोजपुरी भाषासाहित्य टुहुरो भएको छ।’ चन्द्र किशोर, स्तम्भकार
रत बिहारको चम्पारणमा पर्ने बकुलहरस्थित विद्यालयबाट मध्यममा उत्तीर्ण गरेका मि श्र त्यही बेलादेखि भोजपुरी भाषासाहित्यको विकास र संवद्र्धनमा लागे।
२०२९ सालमा नेपालमा पहिलो पटक भोजपुरी भाषाको पत्रिका सनेस प्रकाशनमा ल्याएका मि श्रले २०३३ सालमा फेरि भोजपुरी भाषाकै अर्को पत्रिका समाद प्रकाशनमा ल्याएका थिए।
पञ्चायतकालमा तत्कालीन राजा वीरेन्द्र शाहको प्रशंसा गरिएको मि श्रले लेखेको लेख भोजपुरी भाषामा छापिएकै कारण पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारीले उनलाई जिल्ला प्रशासन कार्यालयमा दुई दिनसम्म नजरबन्दमा पनि राखेका थिए।
पण्डित दीपनारायण मि श्रले भोजपुरी भाषामा लेखेका दर्जनांै कृति प्रकाशित छन्। भोजपुरी भाषाको अजामिल खण्डकाव्य, असली नेता हम कहाइ, ए घरीके घरनी, फूलझरी, अँजुरीके फूल र ससुरा कविता संग्रह, लालगुराँस काव्य, करनी भरनी कथा संग्रह, नीति संग्रह दोहासार भोजपुरी भाषामा र उपसर्ग हिन्दी कथा संग्रह मि श्रका साहित्यिक कृति हुन्।
भोजपुरी भाषासाहित्यमा दिएको योगदानको कदर गर्दै उनले दुई सयभन्दा बढी सम्मान, कदर र पुरस्कारबाट सम्मानित भइसकेका छन्।
२०७३ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट एक लाख नगद राशिको हीरक जयन्ती पुरस्कार, २०५४ सालमा मायादेवी प्रज्ञा पुरस्कार, २०५३ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार, वनिता त्रैमासिक पुरस्कार गरी दर्जनौं राष्ट्रिय तथा स्थानीय पुरस्कारबाट मि श्र सम्मानित छन्।
‘मि श्रको निधनले भोजपुरी भाषासाहित्य टुहुरो भएको छ’, मधेस मामिलाका जानकार एवम् स्तम्भकार चन्द्र किशोर भन्छन्, ‘भोजपुरी भाषासाहित्यका भीष्मपितामह मि श्र भोजपुरी भाषासाहित्यको समुद्र नै थिए। उनको निधनले भोजपुरी भाषासाहित्य टुहुरो भएको छ।’
भोजपुरी भाषासाहित्यको प्रवद्र्धन र प्रचारप्रसारका क्रममा पञ्चायतकालमा तत्कालीन शासकबाट विभिन्न यातना खेपेका मि श्रले भोजपुरी भाषा र साहित्यको विकासका लागि अतुलनीय योगदान दिएको नेपाल भोजपुरी समाजका सचिव रितुराज बताउँछन्।