सहयोग थप्‍न एडीबीसमक्ष अर्थमन्त्रीको आग्रह

सहयोग थप्‍न एडीबीसमक्ष अर्थमन्त्रीको आग्रह

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले फिजीको नादीमा जारी एसियाली विकास बैंकको बोर्ड अफ गभनर्स बैठकका क्रममा अध्यक्ष ताकेहीको नकाओकोबीच द्विपक्षीय छलफल भएको छ। भेटमा अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान समग्र आर्थिक स्थायित्वबारे जानकारी गराउँदै उच्च आर्थिक वृद्धिको पथमा जान लागेको बताएका थिए।

एडीबीका अध्यक्षले नेपालले संघीय शासन व्यवस्थालाई सरल ढंगले अघि बढाउन राजनीतिक तहमा गर्नुपर्ने कार्य पूरा गरिसकेको बताउँदै आर्थिक तथा सामाजिक विकासका परिसूचकमा राम्रो प्रगति भएको बताए। अध्यक्ष नकाओले भूकम्पपछिको पुनर्निर्माणका लागि भएको अन्तर्राष्ट्रिय सम्मेलनमा आफू सहभागी भएको स्मरण गरेका थिए।

अर्थमन्त्री डा.खतिवडाले उक्त वैठकमा वर्तमान सरकारले भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिँदै व्यक्तिगत आवास पुनर्निर्माण कार्य आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको उल्लेख गर्दै यसका लागि थप स्रोत जुटाउनुपर्ने आवश्यकता औंल्याए। उनले सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्न मुलुकले गर्नुपर्ने थप लगानीका लागि सार्वजनिक तथा निजी दुवै क्षेत्रको लगानी जोड्दा पनि कुल गार्हस्थ उत्पादनको करिब १३ प्रतिशत लगानी नपुग हुने बताए।

साथै, सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, स्वच्छ वातावरण, सामाजिक संरक्षणलगायत नागरिकका आधारभूत मौलिक हकको परिपूर्ति गर्न सरकारले लगानी प्रतिबद्धता जनाएकाले लगानी बढाउनुपर्ने भएको उल्लेख गर्दै बैंकलाई थप सहयोग गर्न आग्रह गरे।

नेपाल दुई वर्षभित्र अति कम विकसित राष्ट्रको अवस्थावाट स्तरोन्नति हुने सम्भावना भएको सन्दर्भ उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले केही वर्ष त्यसको दिगोपना हेर्नुपर्ने र त्यतिञ्जेलसम्म बैंकले हाल प्रदान गरिरहेको सहुलियतपूर्ण कर्जाको सुविधा प्रदान गरिरहनुपर्नेमा जोड दिए। यसको प्रत्युत्तरमा अध्यक्ष नकाओले त्यसबेला संक्रमणको समय हुने भएकाले अवश्य पनि पक्षलाई मध्यनजरमा राखिने धारणा राख्दै नेपालको समावेशी तथा दिगो विकासमा सहयोग गर्न बैंक तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सरकारले केही ठूला आयोजना जस्तै पूर्वपश्चिम राजमार्ग विस्तारका केही ठूला आयोजनालाई तत्काल अगाडि बढाउन चाहेकाले यसका लागि बैंकले केही ठूला आयोजनाको लागि लगानी अगाडि ल्याउन अर्थमन्त्रीले आग्रह गरेका थिए। त्यस्तै, बिहीबार एसियाली विकास बैंकका उच्च पदस्थ अधिकारीसँग भएको छुट्टै द्विपक्षीय वैठकमा अर्थमन्त्री डा. खतिवडाले नेपालको निजी क्षेत्रको विकासका लागि पुर्‍याएको सहयोगका लागि आभार व्यक्त गर्दै दीर्घकालीन लगानीका लागि स्रोत जुटाउन लामो समयदेखि छलफलमा थाती रहेको स्थानीय मुद्रामा बचतपत्र जारी गर्नेसम्बन्धी विधिमा अध्ययन गरी अगाडि बढ्न सकारात्मक रहेको बताएका थिए। रहेको स्थानीय मुद्रामा बचतपत्र जारी गर्नेसम्बन्धी विधिमा अध्ययन गरी अगाडि बढ्न सकारात्मक रहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.