मोरङ प्रसूति केन्द्रको शिल्यान्यास
काठमाडौं : अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा बिराटनगरमा मोरङ प्रसूति केन्द्र निर्माण थालेको छ। शनिबार यसको शिलान्यास भएको हो।
अमेरिकी रक्षा मन्त्रालयको आर्थिक सहयोगमा नेपालद्वारा निर्माण गरिने उक्त १२ लाख अमेरिकी डलर (१३ करोड भन्दा बढि रुपैयाँ) लागतको प्रसूति केन्द्रले सो क्षेत्रमा अति आवश्यक प्रसूति सेवा प्रदान गर्ने दुतावासले जनाएको छ। इन्डो प्यासिफिक कमाण्ड इकाइका प्रतिनिधीहरुसहितको उपस्थितीमा उक्त शिलान्यास भएको हो । पछिल्लो अेमरिकी सरकारले आफ्नो सहयोगलाई इन्डो प्यासिफिक इकाई अन्तरगत राख्दै आएको छ।
कोशी अञ्चल अस्पतालको क्षमता हाल सिमित हुनुका साथै स्थानिय नागरिकका आवश्यकता पूर्ति गर्न अपुग रहेपछि मोरङ प्रसूति केन्द्र निर्माण थालिएको हो । उक्त क्षेत्रका प्रसूति बिरामीलाई अस्पतालका शैया सम्मको पहुँच बढाउनेछ । प्रसूति सेवा सम्मको पहुँचमा हुने वृद्दिले बच्चा जन्माउने बखतको मातृशिशु मृत्युदरलाई घटाउनुका साथै नवजात शिशु र सुत्केरी स्वास्थ्य सेवाहरुमा सुधार ल्याउने दूतावासले स्पष्ट पारेको छ ।
‘यस प्रसूति केन्द्रमार्फत नेपालमा स्वास्थ्य सेवा सम्मको पहुँच बढाउँन पाएकोमा अमेरिकी जनतालाई खुशी लागेको छ। तर यस केन्द्रले आफ्ना ढोका खोलिसकेपछि र अझ बढि परिवारहरुले घरमा बच्चा जन्माउनुको साटो यस्ता भवनको प्रयोग रोझेपछि पनि यी सेवाहरुको गुणस्तरमा निरन्तर सुधार गर्नु महत्त्वपुर्ण हुनेछ,’ अमेरिकी अन्तर्रा्ष्ट्रिय विकास नियोग (यूएस्एड्) की शिक्षा विकास अधिकृत मनिका भिलान्वएभाले भने,‘ हामीले स्वास्थ्य श्रमशक्ति माथि लगानी निरन्तर गर्नुपर्छ र उनीहरुलाई सेवाकालमा उचित तालिम र शिप उपलब्ध छ भन्ने सुनिश्चित गर्नुपर्छ ।’
उक्त समारोहमा यूएस्एड्को स्वास्थ्य इकाइ र अमेरिकी दूतावासका इन्डो प्यासिफिक कमाण्ड इकाइका प्रतिनिधिहरुका साथमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव प्रदेश १ का सामाजिक विकासमन्त्री जिवन घिमिरे बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीस र नेपाल सरकार, कोशी अञ्चल अस्पताल, तथा नेपालका सुरक्षा निकायका प्रतिनिधिहरुपनि उपस्थित थिए ।