प्रहरी दमनविरुद्ध नर्सको आक्रोश

प्रहरी दमनविरुद्ध नर्सको आक्रोश

काठमाडौं : सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले गरेको ठूलो विभेदविरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भर्दै नर्सले आपत्ति जनाएका हुन्। 

शुक्रबार साँझ स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्। 

अस्पतालका करिब दुई सय कर्मचारीको भविष्यमाथि नै खेलबाड गर्नेगरी पूर्ण स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीलाई अन्यय भएको भन्दै उनीहरु आन्दोलित भएका थिए। वैशाख ११ गतेबाट पूर्वसूचनासहित उनीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्। 

पटक–पटक वार्ता भन्दै कर्मचारीलाई न्यायोचित निर्णयमा नपुर्याउने र एकल निर्णयका आधारमा सबै कर्मचारी विस्थापित गराउने अस्पतालको सोच देखिएकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ। 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मानव अंग प्रत्यारोपण केन्द्रकी सचिव नर्स रविता सिटीखुले बिरामी र नर्सबीचको सम्बन्ध राम्रो होस् भनेर नै आफूहरु आन्दोलित भएको बताइन्। 

‘हामीले समस्या सुनाउँदा वार्ड नै परिवर्तन गर्ने गरिएको छ’, उनले भनिन् । उनले आफूहरु वैशाख ९ गतेबाट कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको र वैशाख ११ गतेबाट चरणबद्ध आन्दोलनमा होमिएको प्रष्ट पारिन्। 

नेपाल नर्सिङ संघ सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी इकाई अध्यक्ष मिना खर्बुजाले अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुदेखि नै नर्समाथि विभेदकारी कदम चालेको र अन्यायमा पारेको सुनाइन्। 

‘२०७२ सालमा नेपाल सरकारले स्थापनाकालदेखि कार्यरत कर्मचारीलाई स्वतः स्थायी गर्ने भनेर चिठ्ठी पठाएको थियो’, उनले भनिन्, ‘तर, निर्देशकले कर्मचारीलाई त्यो अवसर प्रदान गर्नुभएन्।’

अस्पताल प्रशासनले प्राविधिकतर्फमात्रै ध्यान दिएर लोकसेवा खुलाएको तर अन्य विभागलाई वेवास्था गरेको उनको भनाइ छ। 

कार्यक्रममा नर्सिङ संघकी सदस्य जीता बरालले मृगौला प्रत्यारोपण गर्ने नर्सप्रति विभेद र शोषण भएको सुनाइन्। ‘हामी आज पत्रकार सम्मेलन गर्न बाध्य भएका छौँ’, उनले भनिन्, ‘शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनको घोर विरोध गर्छौँ।’ 

अहिले दक्ष नर्सलाई छोडेर सिकारु नर्सलाई काम गर्न लगाइएको भन्दै यसो गर्दा बिरामीको ज्यानमाथि नै खतरा रहेकोतर्फ अस्पताल प्रशासनलाई उनले सचेत गराइन्।  पत्रकार सम्मेलनमा पीडित नर्सहरुले आ–आफ्ना गुनासो र पीडाहरु सुनाएका थिए। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.