आईपीएल : लिग चरणको अन्तिम खेलमा दिल्लीको टिममा परेनन् सन्दीप

आईपीएल : लिग चरणको अन्तिम खेलमा दिल्लीको टिममा परेनन् सन्दीप

काठमाडौं :  इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले दिल्ली क्यापिटल र राजसंस्थान रोयलबीचको खेल हुँदैछ। 

नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी भएको दिल्लीले लिग चरणको अन्तिम खेलमा उनलाई समावेश गरेन। दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला मैदानमा राजस्थानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। 

दक्षिण अफ्रिकाका तीव्र बलर कासिगो रबाडाको अनुपस्थितिमा दबाब महसुस  गरेको दिल्लीले खेलमा नेपाली बलर सन्दीपलाई मौका नदिएको हो।

आईपीएलको ११ औं संस्करणमा डेब्यू गरेका सन्दीपले १२ औं संस्करणमा ६ खेल खेल्दा ८ विकेट लिएर राम्रो उपस्थिति देखाएका छन्। बलिङ इकोनोमीमा भने उनले सुधार गर्न सकेका छैनन्। ६ खेल खेल्दा उनको बलिङ इकोनोमी ९.१३ छ। 

आइतबार बैंग्लोरविरुद्धको खेल सन्दीपका लागि सबैभन्दा खराब बनेको थियो। गत सिजन बैंग्लोर विरुद्धकै खेलबाट आईपीएलमा प्रवेश पाएका सन्दीपले तीन खेल खेलेका थिए। आइतबार  बैंग्लोरविरुद्ध टोलीका लागि सबैभन्दा महंगो बलिङ गरी कुनै विकेट लिन सकेनन्। त्यसपछि सन्दीप चेन्नेइविरुद्धको खेलमा सहभागी भएनन् भने आजको खेलमा पनि उनले मौका नपाएका हुन्।

शनिबार दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.