इदमा सार्वजनिक बिदा दिन मुस्लिम अगुवाको माग

इदमा सार्वजनिक बिदा दिन मुस्लिम अगुवाको माग

काठमाडौं : मुस्लिम आयोगले इद उल फितरमा सार्वजनिक बिदा दिन माग गरेको छ। आयोगले शनिबार काठमाडौंमा गरो कार्यक्रममा मुस्लिम अगुवाहरूले इदको दिन पहिले जस्तै सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग माग गरेका हुन्।

मुस्लिम समुदायको आग्रहको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार सबैको सरकार भएकोले सबै समुदायलाई समान व्यवहार गर्ने बताए। मुस्लिमहरूको अधिकारका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले समृद्ध नेपाल निर्माणमा भूमिका खेल्न आग्रह समेत गरे।

फरक प्रसंगमा प्रधानमन्त्री ‌ओलीले केही समूह सरकारलाई असफल बनाउन लागिपरेको दाबी गरे। तर आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने उनको दाबी छ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिमहरूको अधिकारका लागि एकजुट हुनुपर्ने बताए। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत लगायत मुस्लिम अगुवाहरूले मुस्लिम अधिकारबारे धारणा राखेका थिए। 

जनचेतना आवश्यक : प्रम

प्रधानमन्त्री ओलीले मुस्लिम समुदायमा ब्यापक जनचेतना आवश्यकता रहेको बताए। प्रधानमन्त्री ओलीले मुस्लिम समुदायमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा ब्यापक सामाजिक जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताए।

'मुस्लिम आयोगले यस समुदायमा शिक्षा ,स्वास्थ्य र सामाजिक जागरणको क्षेत्रमा व्यापक अभियान चलाएर यस समुदायमा आत्मविश्वास बढाउनु जरुरी छ', प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्रीले नेपालका अरु समुदाय जस्तै मुस्लिम समुदाय पनि हरेक क्षेत्रमा अघि बढ्न सक्ने बताए।

'यस समुदायले समाजलाई नेतृत्व गर्न सक्ने गरी अघि बढ्नु पर्दछ', प्रधानमन्त्री ओलीले भने, 'यस समुदायको जनसंख्या कति छ भन्ने महत्वपूर्ण कुरा होइन तर यसको सामाजिक स्थिति के छ भन्ने कुरा महत्वपूर्ण कुरा हो। यस समुदायलाई हामीले अघि बढाउनु पर्दछ।'

प्रधानमन्त्री ओलीले मुस्लिम समुदायलाई अघि बढाउनका लागि सधैं सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.