पिच गर्ने क्रममा ग्रेडर मेसिनमा च्यापिएर चालकको मृत्यु

पिच गर्ने क्रममा ग्रेडर मेसिनमा च्यापिएर चालकको मृत्यु

बागलुङ : जिल्लाको निसिखोला गाउँपालिकामा सडक पिच गर्ने क्रममा मेसिनले च्यापिएर एक युवकको ज्यान गएको छ। मेसिनमा च्यापिएर उक्त मेसिनकै चालकको ज्यान गएको हो।

मध्यपहाडी लोकमार्ग अन्तर्गतको निसीखोला गाउँपालिका वडा नम्बर ६ जाउलेपानीमा ग्रेडर मेसिनले च्यापिएर मेसिनका चालक ३० वर्षीय कृष्णहरि थापाको ज्यान गएको हो।

शनिबार अपरान्ह ४ बजे आफैंले चलाउने मेसिन रोकेर पिसाब गर्न झर्ने क्रममा हातको ब्रेक (हेन्ड ब्रेक) नलगाइ झर्दा ग्रेडर मेसिन अचानक अघि बढेपछी दुर्घटना भएको प्रत्यक्षदर्शी मध्यपहाडी लोकमार्गका सबइन्जिनियर अर्जुन गौतमले जानकारी दिए। दुर्घटना पश्चात् ग्रेडर मेसिन भित्तामा ठोकिन पुगेको छ।

मृतक ग्रेडर चालक थापा सर्लाही जिल्ला साविकको पैयानिपुर गाविस ९ का भएको इलाका प्रहरि कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.