ध्रुवचन्द्र गौतम र होमनाथ दाहाललाई पुरस्कार

ध्रुवचन्द्र गौतम र होमनाथ दाहाललाई पुरस्कार

काठमाडौं : युगकवि सिद्धिचरण प्रतिष्ठानले डा. ध्रुवचन्द्र गौतम र होमनाथ दाहाललाई पुरस्कृत गर्ने भएको छ। 

प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार डा. ध्रुबचन्द्र गौतम र युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार –२०७६ नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय भएको हो।

आधा शताब्दीभन्दा अघिदेखि नेपाली साहित्य जगत्मा खासगरी आख्यान विधामा विशेष योगदान पुर्‍याएको भन्दै वरिष्ठ आख्यानकार गौतम र सोही समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै ओखलढुंगाका वरिष्ठ पत्रकार होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले जानकारी दिए। 

गौतमलाई एक लाख र दाहाललाई ५१ हजार राशीको पुरस्कार प्रदान गरिनेछ। प्रतिभा चयनका लागि प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा गठन गरिएको पुरस्कार छनोट समितिमा प्रा.डा. उषा ठाकुर तथा सूबसेन सदस्य थिए।  पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठको १०८औं जन्मजयन्तीको अवसरमा जेठ ९ गते प्रदान गरिने छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.