लामोसाँघु - चरिकोट सडक १५ दिन बन्द

लामोसाँघु - चरिकोट सडक १५ दिन बन्द

दोलखा : सिन्धुपाल्चोक जिल्लाको लामोसाँघुदेखि चरिकोटसम्मको डबल लेनको निर्माणाधीन २५ किलोमिटर सडक १५ दिनसम्म बन्द हुने भएको छ। ठेकेदारले कालोपत्रे गर्ने नाममा फेरि १५ दिन सडक बन्द गर्ने भएको हो। लामोसाँघु–तामाकोसी–जिरी सडक आयोजनाले कालोपत्रे गर्ने भन्दै बिहानदेखि बेलुकासम्म सडक बन्द गर्ने सार्वजनिक सूचना जारी गरेको छ।

आयोजनाले आइतबार बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सम्पूर्ण सवारी आवागमन बन्द गर्ने जनाएको हो। ठेकेदार कम्पनीले भ्याटसहित ५० करोड ७२ लाख २६ हजार ४५८ रुपैयाँ लागतमा दुई वर्षभित्र काम सकाउने गरी ३ जुन २०१५ मा ठेक्का पाएको थियो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत पहिलो प्याकेजको ठेक्का पाएको भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती र सुनौला खिम्ती जेभीले वैशाख २२ गते आइतबारदेखि जेठ ५ गतेसम्म १५ दिन कालोपत्रे गर्ने बताइएको छ। दिउँसो गाडीको चाप खासै नहुने र कालोपत्रे गर्ने बित्तिकै गाडी गुडाउँदा भत्कने सम्भावनालाई ध्यानमा राखेर बन्द गर्ने निर्णय गरिएको लामोसाँघु–तामाकोसी–जिरी सडक आयोजनाका प्रमुख धर्मेन्द्र झाले बताए।

लामोसाँघु–तामाकोसी–जिरी सडकको विकल्पमा मन्थली–खुर्कोट–धुलिखेल सडक रहे पनि करिब ७० किलोमिटर लम्बाइ बढी छ। उक्त दूरी बापतको इन्धन खर्च यात्रुले भर्पाई गर्नुपर्ने भएको कारण समय, रकम र दूरीको मारमा दोलखाका यात्रु परेको रोल्वालिङ यातायातका अध्यक्ष बालकृष्ण आचार्यले बताए।

शुक्रबार सो सडक यात्रा गरेका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य चिरञ्जीवी मास्केले भने, ‘योजना र ठेकेदार मिलेर दोलखाका नागरिकलाई सरासर हेपेको हो।’ ठेक्कामा नियमित डाइभर्सन नगरी यात्रुलाई ५ घण्टासम्म एकै स्थानमा सास्ती दिनु नेपालको केही कानुनको बर्खिलाप हुने उनको तर्क छ।

आयोजना प्रमुख झाका अनुसार १५ दिनमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यतालिका छ। उता, यात्रु भने अन्तर्राष्ट्रिय मापदण्डको ठेक्कामा पनि यात्रुले घण्टौंसम्म अलपत्र हुनुपर्ने भएका कारण आक्रोश पोखिरहेका छन्। यात्रुलाई पहिला सहज नगरी आफ्नो काम सक्नेतर्फ मात्र सोच्नु आयोजना र ठेकेदार कम्पनीले अपराध गरेको दोलखा जिल्लाका यातायात व्यवसायी बताउँछन्। पहिलो प्याकेजअन्तर्गत खाडीचौरदेखि मुडे नजिकसम्म २५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का लगाएको हो।

सिन्धुपाल्चोकको मुडेबाट दोलखाको चरिकोटस्थित देउराली डाँडासम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पाएको भारतको सकिल हैदर र नेपालको शंकर माली र सुनौला खिम्ती जेभीले भने हालसम्म कालोपत्रेका लागि तयारी गरेको छैन। भ्याटसहित ९० करोड ९६ लाख ७१ हजार ७ सय ३७ रुपैयाँमा १४ जुन २०१५ मा ठेक्का पाएको कम्पनीले पछिल्लो पटक ४ डिसेम्बर २०१८ मा काम सम्पन्न गर्ने भन्दै म्याद थपिएकोमा उक्त म्याद पनि सकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.