बाख्राको काँचो मासु खाँदा एकै गाउँका १६ जना बिरामी
डोटी : आदर्श गाउँपालिका-१ मेलगडा गाउँमा बाख्राको काँचो मासु खाँदा एकै गाउँका १६ जना बिरामी परेका छन्। शनिबार दिउँसो गाउँमा काटेको बाख्राको मासु खाँदा माहामारीको रुप लिएको स्थानीय दिपक बहादुर खड्काले बताए।
बिरामी सबैलाई शनिबार बेलुका दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका लागि ल्याइएको हो। बिरामीको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
बिरामी हुनेमा सत्ति देवी खड्का (४०), उनकी छोरी पार्वती खडका (१४) कल्पना खड्का (११), प्रेम खडका २७, उनकी श्रीमती ईसरा देवी खडका (२४) र छोरी उर्मिला खड्का (३) रहेका छन्।
त्यसैगरी पदम खड्का (३८), उनका छोरा रोशन खड्का (८), छोरी एलिसा खड्का (२), नवराज खड्का (२६), सरस्वती खड्का (९), गोमा देवी खड्का (५६) रहेका छन्।
त्यसैगरी मानि खड्का (३५),उनका छोरा नारद खड्का (१३) र छोरी अनिसा खड्का (१०) रहेका छन्।बिरामीलाई काचो मासुका कारण झाडापखाला लागेको अस्पतालले जनाएको छ।