कालिकोटमा पहिलो पटक टुरिष्ट बस

कालिकोटमा पहिलो पटक टुरिष्ट बस

कालिकोट : कालिकोटमा पहिलो पटक टुरिष्ट बस पुगेको छ। स्थानीय व्यापारीले बसको भव्य स्वागत गरेका छन्। विदेशी पर्यटकको आगमन निकै कम हुने कालिकोटमा टुरिष्ट बस पुगेपछि स्थानीय खुसी भएका छन्।

राराका कारण जिल्लामा पहिलो पटक २५ जना आन्तरिक पर्यटक पुगेपछि च्याम्मर आफ कमर्स कालिकोटले भव्य स्वागत गरेको हो। नुवाकोटको शीवपुरी गाउँपालिकाको टिम र काठमाडौं ठमेलका पर्यटन व्यवसायीले रिजर्ब गरेर ल्याएको टुरिष्ट गाडी जिल्ला सदरमुकाम मान्मस्थित होटल हिस लाइटमा पुगेपछि च्याम्मर अफ कमर्स कालिकोटका अध्यक्ष हष्तबहादुर बमलगायतका स्थानीय व्यापारीले गाडीमा आएका पाहुनालाई भव्य रुपमा स्वागत गरेका हुन्।

च्याम्मर अफ कमर्स कालिकोटका अध्यक्ष बमले काठमाडौंका पर्यटन व्यापारीका आगमनले कर्णालीको पर्यटन विकासमा प्रभाव पार्ने बताए। उनले भने, 'कालिकोट कर्णालीको प्रमुख द्वार हो। गाडीमा आउँदा कालिकोट नटेकेर कर्णालीका कुनै जिल्ला जान सक्ने अवस्था छैन्। रारा जाँदा र फर्किँदाको एक बास कालिकोटमा हुने भएकाले कालिकोटमा व्यावसाय फस्टाउने संभावना छ।'

नुवाकोटको शीवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले कर्णाली पर्यटकीय हिसाबले निकै आकर्षक रहेको बताए। उनले कर्णाली घुम्नका लागि राजमार्गको अवस्था निकै डरलाग्दो भएकाले यसलाई स्त्तोरोन्नति आवश्यक रहेको बताए। गाउँपालिकाको शिक्षा शाखाको अध्ययन तथा अवलोकन भ्रमणमा आएका अध्यक्ष थापाले भने, 'हामी विभिन्न नमुना विद्यालय हेर्दै रारासम्म पुग्ने योजनाका साथ आएका हौँ।'

भ्रमण टिमा आएका ठमेल पर्यटन विकास परिषदका सचिव तथा ठमेल इभिजा लाएन्स क्लबका अध्यक्ष दवाङ तामाङले कर्णालीको पर्यटन व्यावसायको प्रवद्र्धनका लागि काठमाडौं र कर्णालीका पर्यटन व्यावसायीको समन्वय आवश्यक रहेको बताए।उनले भने, 'कर्णाली निकै सुन्दर छ। यहाँ धेरै पर्यटकीय स्थल छन्। यहाँको पर्यटन क्षेत्रको विकासका लागि कर्णाली र काठमाडौं जोडिनुपर्छ।कर्णालीको पर्यटन विकासका लागि काठमाडौंका व्यवसायीले पनि लगानी गर्नु आवश्यक छ ।'

कालिकोटका होट व्यावसायी धनबहादुर बटालाले राराका कारण कालिकोटको बाटो भएर आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको भएपनि विदेशी पर्यटक निकै कम आउने गरेको बताए। उनले भने, 'विदेशी पर्यटक कहिले काँही मात्र एक दुई जना आउने गरेका छन्।आन्तरिक पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ।

कर्णाली जमार्गको स्त्तोरोन्नती नहुँदा यहाँको पर्यटन तथा होटल व्यवसाय प्रभावित भएको छ। उनले कालिकोटमा पानीको अभावका कारण पनि पर्यटकको बास परिवर्तन हुने अवस्था रहेको बताए। उनले भने, 'खानेपानी आयोजनाले प्रयाप्त पानी नदिँदा पर्यटकको गुनासो आउने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.