नीति तथा कार्यक्रमाथि छलफल सुरु

नीति तथा कार्यक्रमाथि छलफल सुरु

काठमाडौं : सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट गत शुक्रबार संसदमा प्रस्तुत  गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो।

कांग्रेसले नीति तथा कार्यक्रममा उल्लिखित 'मेरो सरकार' हटाएर 'नेपाल सरकार' बनाउन संशोधन दर्ता गराएको छ। बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराईसहितले बोल्ने तयारी छ।

संसद् सचिवालयले २२ देखि २४ सम्म नीति तथा कार्यक्रममाथि संसद्मा छलफलको समय तोकेको हो।२४ गते प्रधानमन्त्री केपी ओलीले सांसदका प्रश्नको जबाफ दिएपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रियामा लगिने सभामुख कृष्णबहादुर महराले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.