लाङटाङले पायो आरोहण अनुमति, वेसक्याम्पमा पुगे २ जर्मनी

लाङटाङले पायो आरोहण अनुमति, वेसक्याम्पमा पुगे २ जर्मनी

नुवाकोट : काठमाडौंदेखि नजिक रहेको लाङटाङ हिमाललाई सरकारले पहिलो पटक हिमाल आरोहण अनुमति प्रदान गरेको छ। लाङटाङ लिरुङ आरोहणका लागि दुईजना जर्मनी नागरिकले अनुमति पाएका हुन्। 

देशकै मुख्य पर्यटन गन्तव्यको रुपमा रहेको लाङटाङ क्षेत्रको नाम पनि यहि हिमालको नामबाट राखिएको हो।लाङटाङ लिरुङ आरोहणका लागि पहिलो पटक एउटा विदेशी समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। 

विभागकी निर्देशक मिरा अचार्यका अनुसार दुईजना जर्मनीले लाङटाङ लिरुङ आरोहणका लागि अनुमति प्राप्त गरेका छन्।   निर्देशक आचार्यका अनुसार नेपाल सरकारको मापदण्ड अनुसार उनीहरुले आरोहण शुल्क तिरेर अनुमति पाएका हुन्। 

आचार्यका अनुसार आरोहण अनुमति पाएका दुईजनाले अबको ३५ दिनभित्र आरोहण गरिसक्नुपर्ने मापदण्ड छ। सात हजार दुई सय ३४ मिटर उचाइको लाङटाङ हिमाल यसअघि कुनै पनि समूह तथा व्यक्तिबाट आधिकारिक रुपमा आरोहण गरिएको थिएन।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ क्यान्जिनमा रहेको लाङटाङ लिरुङ आरोहणका लागि सरकारले अनुमति दिएसँगै पर्यटन विकासमा मद्धत पुग्ने नुवाकोट र रसुवावासीले जनाएका छन्। 

पर्यटन विभागले दुईजनालाई आरोहण अनुमति दिएको पुष्टि गरेको छ। आवश्यक परेमा सुरक्षा तथा उद्धारका लागि प्रशासनले सहयोग गर्ने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

लाङटाङ आरोहणका लागि अनुमति पाएका जर्मनी नागरिकले आरोहण शुल्कबापत प्रति व्यक्ति ५ सय डलर नेपाल सरकारलाई राजस्व बुझाएका छन्। 

लाङटाङको लिरुङ आरोहणका लागि चार दिन अगाडि उनीहरु त्यसतर्फ प्रस्थान गरिसकेको पर्यटन विभागले जनाएको छ। लाङटाङ वेसक्याम्प पुगिसकेका उनीहरु प्रतिकुल मौसमका कारण मौसम अनुकुल हुनेवित्तिकै आरोहण अगाडि बढाउने तयारीमा रहेको जानकारी आएको निर्देशक मिरा आचार्यले बताइन्। 

आरोहणमा जर्मन नागरिक पासपोर्ट नं. सि फोर वाई एल जे भि सिक्स डव्लु टि रहेका फेलिक्स एलेक्जेण्डरवर्ग र सोही देशका पासपोर्ट नं. ई जे सेभेन टु फोर फोर जेरो फाइभ फाइभ रहेका एडाम रेडोस्लभ विलेक्ची रहेका छन्।सहयोगीहरुका साथ आरोहण लागि उनीहरु लाङटाङ पुगेको पर्यटन विभागले जनाएको छ।  

नेपालको तेस्रो गन्तव्यस्थलका रूपमा परिचित लाङटाङ जानेहरू बढीरहेको अवस्थामा आरोहण पनि सुरु हुनु निकै खुसी लाग्दो विषय भएको गोसाइकुण्ड गापाका अध्यक्ष कैसाङनुर्वु तामाङले बताए। लाङटाङ र क्यान्जिन वरिपरि एक दर्जनभन्दा बढी हिमाल छन्। 

त्यहाँ रहेका अधिकांश हिमालको नाम तिब्बतीयन भाषाबाट राखिएको छ। हिमालको बनावट, विशेषता र अविस्थितीको आधारमा नाम राखिएको स्थानीयवासीको भनाई छ। 

लाङटाङ आसपास पुग्नेहरुले लाङटाङ लिरुङ, झाङ्बु, किम्सुङ, छेर्पा छे, याङ्जी तेन्जी, युब्रा, मरिमटो, सिसापाङ्मा, लाङटाङ री, पेम्दङकर्पु, पाङरी गुल्दुम, गाङछोम्बा लगायतका पिक तथा हिमाल चढ्न जाने गरेका छन्। चार वर्ष अघि गएको भूकम्पका कारण लाङटाङ हिमालको फेदीमा रहेको वस्ती चार महिनासम्म मानवविहीन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.