कुमारीमा आँखा शिविर
नुवाकोट: सर्वसाधारणको सुविधाका लागि नुवाकोटको पूर्वी भेगमा रहेको कुमारीमा आँखा शिविर संचालन गरिएको छ। बेलकोटगढी नगरपालिकाको कुमारीमा एक दिने आँखा उपचार शिविरमा सयौंजनाले आँखा परीक्षण गरेका छन्।
नुवाकोट सामुदायिक आँखा केन्द्र र सुकमान मेमोरियल पोलिक्लिनिकद्वारा आयोजित आखा शिविरमा कुमारी तथा चाउथे आसपासका १ सय ५० जनाको आँखा परीक्षण गरिएको आँखा प्राविधिक तथा नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख शंकर अधिकारीले जानकारी दिए।
उनका अनुसार शिविरमा १६ जना मोतियाबिन्दु भएका बिरामीको छनोट गरी निःशुल्क शल्याक्रियाका लागि सिफारिस गरिनुका साथै निःशुल्क चस्मा वितरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
५