अज्ञात रोगले घारमै मर्न थाले मौरी

अज्ञात रोगले घारमै मर्न थाले मौरी

बैतडी : अज्ञात रोगले मौरी मरेपछि दशरथचन्द नगरपालिका-५ पोटाका मौरीपालक किसान सुदर्शन लेखक चिन्तामा छन्। व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका लेखकका केही दिनअघि २० घार मौरी मरेका हुन्।

केही वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका उनी वार्षिक १० लाख आम्दानी गर्छन्।सेरेना जातको मौरी पालेका लेखकले मह र मौरीका घार बेचेर आम्दानी गर्दै आएका थिए। तर यो वर्ष भने उनलाई धेरै घाटा लागेको छ। एक्‍कासी मौरी मर्न थालेपछि व्यवसाय नै चौपट होला जस्तो भएको लेखकले बताए। 

१ सय २० घार मौरी पालेका लेखकले रोग पत्ता लगाउन कृषि प्राविधिक घरमा बोलाउँदा पनि  रोग पत्ता लाग्न नसकेको  उनले सुनाए। मौरी के कारणले मरे भन्ने बारे अहिलेसम्म कुनै जानकारी हुन सकेकेो छैन।

२० घार मौरी मरेपछि करीब साढे तीन लाख बढीको क्षति भएको लेखकले बताए।उनले भने, 'यो वर्ष मौरीपालन व्यवसायमा निकै ठूलो झट्का लाग्यो। अज्ञात रोगले मौरी मरेपछि व्यवसाय नै धरापमा परेको छ।'

सेरेना जातको मौरी पालिरहेका किसान सुदर्शन लेखकले वार्षिक १५ क्विन्टल मह बिक्री गर्दै आएका छन्। तर यो वर्ष मौरी नै मरेपछि मह उत्पादनमा समेत ह्रास आएको उनले बताए। नागार्जुन मौरीपालन उद्योग दर्ता गरेर व्यवसायिक मौरीपालनमा लागेका किसान लेखकले दुईजनालाई रोजगारी समेत दिएका छन्। 

यस्तै यो वर्ष रोगले जिल्लाका अन्य ठाउँमा पनि किसानले पालेका मौरी मरेका छन्। मौरीको लार्भा नै मरेपछि ठूलो क्षति पुगेको दोगडाकेदार गाउँपालिका पीपलकोटका मौरीपालक किसान इन्द्रदेवशरण भट्टले बताए। उनले गाउँमा सय घार जति माहुरी मरेका जानकारी दिए।

वार्षिक १०  क्विन्टल बढी मह उत्पादन गर्ने गरेका भट्टले यो वर्ष ४२ घार मौरी मरेको बताए। ४२ घार मौरी मर्दा ४ लाख बढीको क्षति भएको र मह उत्पादनमा पनि कमी आएको उनले बताए। 

केही वर्षअघि घरको भित्ता र मुढेघारमा एक-दुई घार मौरी पाल्ने बैतडीका किसान पछिल्लो समय व्यवसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन्। गत वर्ष बैतडीमा ९५ मेट्रिक टन मह उत्पादन भएको थियो। यो वर्ष दस मेट्रिक टन मह उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

जिल्लामा ४ हजार ७ सय आधुनिक घार र ७ हजार ८ सय मुढेघार रहेको केन्द्रले जनाएको छ  उपयुक्त मौसम र मौरीमा रोगको प्रकोप नदेखिएकामा बर्सेनी मह उत्पादन बढ्ने भएपनि समयसमयमा रोगकै कारण मौरी मर्दा मह उत्पादन तुलनात्मक रुपमा बढ्न नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख कर्णबहादुर चन्दले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.