समायोजनको मारमा रुपन्देहीका स्थानीय तह

समायोजनको मारमा रुपन्देहीका स्थानीय तह

भैरहवा : कर्मचारी समायोजन प्रक्रियाको मारमा रुपन्देहीका स्थानीय तह परेका छन्। अधिकांश स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारी अझैं आएका छैनन्। सरकारले दरबन्दी तोकिएको स्थानमा कर्मचारीलाई पटक पटक जान निर्देशन दिँदै आएको छ। तर, अटेर गरेर कर्मचारी आउन चाहेका छैनन्। राजनीतिक पहुँचको आधारमा नै कर्मचारी दरबन्दी तोकिएको स्थानीय तहमा आउन नचाहेको रुपन्देहीका एक स्थानीय तहका प्रशासकीय अधिकृतले बताए।

रुपन्देहीको रोहिणी गाउँपालिकामा ३३ जना कर्मचारीको दरबन्दी छ। तर, खटिएका छन् जम्मा ७ जना। २६ जना कर्मचारी अझैं आएका छैनन्। खटिएकामध्य पनि चारजना मात्र स्थायी छन्।

समायोजनाको चक्‍करले समस्या पारेको छ रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले भने,' गाउँपालिकाको लक्ष्यअनुसार काम पनि प्रभावित भएको छ।' उनले सरकारले नै नपठाएको कारण कर्मचारी तहमा नआएको दावी गरे।

कर्मचारी तहमा नपठाउँदै सरुवा गरिदिने परिपाटीले अवस्था बिग्रिदै गएको छ उनले भने लेखा शाखामा पहिला ३ जना थिए, अहिले एकजना मात्रै लेखा अधिकृत छन्। जसले गर्दा गाउँपालिकाको काम प्रभावित भएको छ।

समायोजना समस्याले तहहरु यति ग्रसित छन् कि एक कर्मचारीले आफ्नो शाखासहित दुईवटा वडा कार्यालय जिम्मेवारी समेत सम्हाल्नु परेको छ। कर्मचारीको अभावमा न्यायिक समितीका कामहरु पनि प्रभावित भएका छन्। कामको चाप परेको बेला सरकारले तहको कर्मचारीको पनि हचुवामा सरुवा गर्ने गरेको छ।

सरुवा गरेको स्थानमा अर्को कर्मचारी कहिले आउने टुंगो छैन। तर भएका कर्मचारीलाई सरुवा गर्ने होड भने चलिरहेको छ । जस कारण तहका कामहरु सुस्ताएको र समयमै योजना सम्पन्न गर्न नसकिने अवस्था सिर्जना भएको तहका प्रमुखको गुनासो छ।

कर्मचारी अभावले गाउँपालिकाले बनाएको योजनाहरु सम्पन्न गर्नका लागि निकै कठिनाई भइरहेको मायादेवी गाउँपालिकाका अध्यक्ष धुव्र नारायण चौधरी बताउँछन्। उनी भन्छन्, ' विगतमा सिकाई वर्ष हुँदा पनि ७९ प्रतिशत योजनाको काम गरेका थियौँ तर अहिले रातदिन खट्दा पनि हम्मेहम्मे परेको छ।

जिल्ला ओमसतिया गाउँपालिका पनि कर्मचारी समायोजना प्रक्रियाको मारमा परेको छ। दरबन्दी अनुसारको कर्मचारी नहुँदा कामहरु प्रभावित भएको गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) ले गुनासो पोखे।

समायोजनको मारले सम्मरीमाई गाउँपालिका पनि अन्य तह जस्तै ग्रसित छ। यहाँ लेखा अधिकृतको दरबन्दी छ। तर, अहिलेसम्म लेखा अधिकृत भने आएका छैनन्। सरकारले यहाँ काजमा पठाएको लेखापालले अधिकृतको कामकाज सम्हाल्दै आएका छन्। तर, अहिले उनको संघमा समायोजन पनि भइसकेको छ।

सम्मरीमाईमा मात्रै होइन ती लेखापालले गैडहवा गाउँपालिकाको कार्यभार समेत सम्हाल्नु परेको सम्मरीमाई गाउँपालिकाकम प्रशासकीय अधिकृत टेकराज भट्टराई बताए।

५९ जनाको दरबन्दी रहेको यस गाउँपालिकामा १० जना मात्र स्थायी कर्मचारी कार्यरत छन्। कर्मचारीको अभाव हुँदा अन्य तहजस्तै यस तहले करारमा कर्मचारी भर्ना गरेर काम गर्नुपरिरहेको छ।

यो गाउँपालिका रुपन्देहीको मर्चवार क्षेत्रमा पर्दछ। मर्चवारमा ३ वटा गाउँपालिका छन्। जसअन्र्तगत सम्मरीमाई सहित मर्चवारी र कोटहीमाई पनि समायोजनमा उस्तै मारमा परेको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.