नीति तथा कार्यक्रममाथि छलफल सुरु(लाइभ)
काठमाडौं : सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सोमबार पनि छलफल जारी छ।सरकारले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल आइतबारदेखि सुरु भएको हो। आज पनि संसदमा सांसदहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कांग्रेस, राजपा र नेमकिपाले संशोधन दर्ता गराएका छन्। शनिबार तीनै दलले नीति तथा कार्यक्रमाथि संशोधन दर्ता गराएका हुन्।