शिक्षक सरुवा खुल्यो
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामूदायिक विद्यालयका शिक्षकको सरुवा खुल्ला गरेको छ।मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई यसबारे परिपत्र गरेको छ।
विभागले गत चैत ११ गते अर्को निर्णय नभएसम्मका लागि शिक्षक सरुवा नगर्न सम्बन्धित जिल्लालाई परिपत्र गरेको थियो। तर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएकाहरु र अवकाश पाएका शिक्षकको कारण व्यवस्थापनमा कठिनाई भएको जनाउँदै सरुवा खुल्ला गरिएको केन्द्रले बताएको छ।
तर शिक्षक सरुवा गर्दा आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक आएपछि पनि पद रिक्त भएमा, खुल्ला प्रतियोगितात्मक विज्ञापनमा समावेश नभएका पद किटान भएमा तथा खुल्ला तर्फका पद स्थापनमा असर नपर्ने गरि र दरबन्दी मिलानको क्रममा विद्यार्थी संख्याका कारण दरवन्दी कटौती नहुने अवस्थामा मात्र सरुवाको व्यवस्थापन गर्न केन्द्रले निर्देशन दिएको छ।