फरक समूहको रगत चढाउँदा बालिकाको मृत्यु

फरक समूहको रगत चढाउँदा बालिकाको मृत्यु

 काठमाडौं : मुटुको शल्यक्रिया गर्ने क्रममा गलत समूहको रगत चढाउँदा बालिका आकृतिकुमारी साहको मृत्यु भएको छ। सर्लाही, सिसौटियाकी बालिका साहको मुटुको शल्यक्रिया गर्ने क्रममा गलत समूहको रगत चढाउँदा मृत्यु भएको पीडित पक्षले दाबी गरेको छ। दोषीमाथि कारबाही माग गर्दै उनीहरूले शव बुझ्न् अस्वीकार गरेका छन्। आकृति वैशाख १३ गते सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएकी थिइन्।

चिकित्सकले सम्पूर्ण स्वास्थ्य परीक्षण पश्चात वैशाख १७ गते शल्यक्रिया गरेका थिए। सोमबार बालिकाको मृत्यु भएको जनाउँदै केन्द्रका निर्देशक डा.ज्योतिन्द्र शर्माले शव बुझ्न दबाब दिएको पीडित पक्षको दाबी छ। मुटुमा प्वाल परेको बिरामीको शल्यक्रियाका लागि गरिने ओपनहार्ट सर्जरीका बेला हेलचेक्रयाईं भएको बिरामीका आफन्तले दाबी गरेका छन्। फरक समूहको रगत चढाएपछि मिर्गौला फेल भएर ज्यान गएको पीडित पक्षको आरोप छ। अप्रेशनपछि छोरीको अवस्था बारे बुझ्दा केही नबताइ यसपछि पनि पटक पटक छोरीको अवस्था बुझ्दा गुमराहमा राखिएको आमा पिङकी साहले बताइन्।

मेडिकल रिपोर्टमा भने बिरामीको रक्तसमूह ‘ओ पोजेटिभ’ उल्लेख छ। तर, शल्यक्रियाका क्रममा चढाइएको रक्तसमूह भने ‘ए पोजेटिभ’ छ। ‘यो अवस्था आउनु लापरवाहीको हँदैसम्मको पराकाष्ठा हो’ नेपाल स्वयंसेवी रक्तदाता समाज अध्यक्ष प्रेमसागर कर्माचार्यले भने।

अस्पतालको लापरबाहीका कारण ज्यान गएको जिकिर गर्दै पीडितपक्षले दोषीलाई कारबाहीको माग गरेका छन्। बालिकाको शव बुझ्न अस्वीकार गरिएको उल्लेख गर्दै आफन्त यादवले भने, ‘लापरबाहीबाट ज्यान गएको छ। दोष लुकाउने प्रयास समेत भएको छ।’

यसबारे अस्पतालका निर्देशक डा.शर्मालाई सम्पर्क गर्दा फोन उठाएनन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले उपचार वा शल्यक्रियाका क्रममा संवेदनशीलता अपनाउनु पर्ने बताए। उनले भने, ‘छानबिन हुनु पर्छ। कथंकदाचित त्रुटी वा लापरबाही भएको रहेछ भने कारबाहीको भागीदार बन्नुपर्छ।’

उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले रगत चढाउँदा पूर्व सावधानी नअपनाइएको बताए। उनले भने, ‘बिरामी मरोस् भन्ने मनशाय थिएन होला। स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीबाट बालिकाले ज्यान गुमाउनु पर्ने स्थिति दुुःखद् छ।’ यस घटनालाई गम्भीर अपराधकारूपमा लिएर मुद्दा चलाउनु पर्ने उनले बताए।

यसैबीच नेपाल स्वयंसेवी रक्तदाता समाजले विज्ञप्ति जारी गर्दै रक्त समूह फरक परेकै कारण बालिकाको ज्यान गएको घटनाले स्तब्ध भएको जनाउँदै दोषीमाथि कडा सजाय माग गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.