नीति तथा कार्यक्रम : सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले सोधेका प्रश्नको जवाफ दिँदैछन्। गत शुक्रबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा राष्ट्रपति भण्डारीले 'मेरो सरकार' भनेपछि उनी आलोचित समेत बनिन्।
शनिबार संसदका दुबै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको 'मेरो सरकार' शब्दमै संशोधन परेको छ। आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गरेका थिए।
आइतबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी छ।छलफल सकिएलगत्तै प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
संसदले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि संशोधन प्रस्ताव निर्णयार्थ बैठकमा प्रस्तुत गरिने कार्यसूची छ।