झोलुंगे पुलको मर्मत नहुँदा स्थानीय समस्यामा

झोलुंगे पुलको मर्मत नहुँदा स्थानीय समस्यामा

बेसीशहर : अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका-९ सिम्पानी र वडा नं. ३ खुदीबजार जोड्ने झोलुंगे पुल जीर्ण हुँदा यात्रु समस्यामा परेका छन्। पुल मर्मतमा सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ।

अन्नपूर्ण पदमार्गमा दैनिक सयौं पर्यटक ओहोरदोहोर गर्छन्। उत्तरी लमजुङहुँदै मनाङसम्म यात्रा गर्ने बाटो पनि यहीँ पर्छ। मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ३ र ९ जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा विद्यार्थी, पर्यटक मात्र हैन दिनहुँ हिँड्ने पैदलयात्रु समस्यामा परेका छन्। जीर्ण पुल मर्मत नहुँदा दुर्घटनाको भय बढेको छ। 'सिंहदरबार गाउँमा आयो भन्छन्, स्थानीयका समस्या ज्युँका त्युँ नै छन्,' मस्र्याङ्दी-९ गैरीगाउँका सन्तोष पाण्डेले भने, 'वर्षौ पुरानो इतिहास बोकेको पुल मर्मतमा कसैको चासो गएन।'

मस्र्याङ्दी-३ मा रहेको खुदीबजार पुरानो इतिहास बोकेको बजार हो। गाउँपालिका समेटिएका तत्कालिन ७ गाविसको हव समेत रहेको बजारमा दैनिक सयौंको आउजाउ हुन्छ। खुदीवारीका भुलभुले, बाहुनडाँडा, ताघ्रिङ, घेर्मुहुँदै मनाङसम्मका मानिस बेसीशहर आउजाउ गर्न यही पुल प्रयोग गर्छन्।

वर्षौदेखि सञ्चालनमा आएको पुल मर्मतमा चासो नदेखाएको स्थानीय केशव कुइँकेल बताउँछन्।झोलुंगे पुलको जीर्णेदार गर्न स्थानीयले आवाज उठाएपछि पाँचवर्ष अघि तत्कालिन जिल्ला विकास समितिले अनुगमन गरेको थियो।

ट्रेलब्रीज सपोर्ट युनिट र जिल्ला प्राविधिक कार्यालयका प्राविधिकको टोलीले गरेको स्थलगत अध्ययनले झोलुंगे पुल जोखिममा रहेको देखाएको हो।प्रतिवेदनका आधारमा पुलमा आवातजावत गर्न रोक लगाइयो।तर, यो नियम धेरै समय टिकेन, पुनः सूचारु भयो।अहिले यही जीर्ण पुलबाट आवातजावत हुँदा समस्या भएको अमर मावि खुदीका प्रधानाध्यापक तीर्थ बस्नेत बताउँछन्। 'हामीले पुल मर्मतमा धेरै जोडबल गर्‍यौं तर कतैबाट सुनुवाइ नै भएन, 'बस्नेतले भने, 'अबपनि पुल मर्मत गरिएन भने यसले दुर्घटना निम्त्याउँछ।'

पुलको मुख्य लठ्ठा खिया लागेर चुडिन लागेको छ। विच्छाइएका काठ कुहिका छन्। झोलुंगे पुल कोल्टे बनेको छ। सोही पुल तरेर पैदलयात्रा गर्ने पर्यटकहरु समेत समस्यामा परेका छन्।

हाल पुलमा एक पटकमा एकजनालाई मात्र आवतजावत गर्न दिइएको स्थानीय बताउँछन्।लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईका अध्यक्ष वीरेन्द्रबहादुर भण्डारीले जीर्ण पुलको बाटो हिँड्न गाह्रो हुने बताए।उनका अनुसार उक्त पुल उच्च जोखिममा छ। वृद्धवृद्धा र बालबालिकालाई आवतजावतमा समस्या भएको उनले बताए। 

संघका निवर्तमान अध्यक्ष लेखमान कतिलाका अनुसार माथिल्लो बजारबाट ट्रस ब्रीज छ। सवारी आवागमन हुन्छ। त्यसपमाथि झोलुंगे पुल छ।सवारी आवागमन हुन्छ।तल्लो क्षेत्रका मानिस र पारिका विद्यार्थी उक्त जीर्ण पुल प्रयोग गर्न वाध्य छन्। उनले भने,' कि बनाउनुपर्छ, कि भत्काउनुपर्छ।'

मस्र्याङ्दी ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले झोलुंगे पुलको पुनर्निर्माण वा मर्मतका लागि स्थानीयले आवाज उठाउँदै आएको बताए। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र सिम्पानी जोड्ने उक्त पुल जीर्ण बनेपछि माथिल्लो क्षेत्रमा अर्को पुल बनाएको बताए।

तर, उक्त जीर्ण पुल भएर मानिस हिँड्न छोडेका छैनन्। पुल मर्मतका लागि चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए। उनका अनुसार ट्रायल ब्रीज सपोर्ट युनिट पोखरासँग समन्वय गरी पुल मर्मत गर्न डिजाइन, स्टिमेट गरेर काम अघि बढाइएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.