लाङटाङ निकुञ्‍ज पर्यटको रोजाइमा, ९ महिनामा ९हजार विदेशीले गरे अवलोकन

लाङटाङ निकुञ्‍ज पर्यटको रोजाइमा, ९ महिनामा ९हजार विदेशीले गरे अवलोकन

नुवाकोट : विदेशीका लागि सहज बन्दै गएको नजिकको हिमाली गन्तव्य लाङटाङ निकुञ्‍ज घुम्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ।काठमाडौबाट यातायातको दूरीमा समेत नजिक रहेको रसुवाको प्रसिद्ध लाङटाङ निकुञ्ज भ्रमण गर्न आउने विदेशी पर्यटक चालु आर्थिक वर्ष २०७५/०७६ मा बढेका छन्।

चालु आर्थिक वर्षको बेतेको नौ महिनामा स्वदेशी तथा विदेशी गरी १२ हजार पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तीन जिल्ला फैलिएको निकुञ्ज भित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १२ हजार २ सय ६४ पर्यटक आएका हुन्। 

जसमध्ये ३ हजार ३७ नेपाली, ९ हजार ४५ विदेशी र ३ हजार ९ सय ६ सार्क राष्ट्रका पर्यटक रहेको निकुञ्ज कार्यालयले जनाएको छ।निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। 

पर्यटकीय मौसम सुरु भएसँगै दैनिक ९० देखि १ सयको हाराहारीमा पर्यटक रसुवा पुगिरहेका छन्। लाङटाङ निकुञ्ज काठमाडौदेखि एक दिनको यातायातको यात्रा गरेपछि पुगिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.