सिद्धेश्वर शिवालयमा शिव महापुराण ज्ञान महायज्ञ
अर्घाखाँची : विश्व शान्तिको कामना गर्दै प्रशिद्ध धार्मिकस्थल सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसी अर्घाखाँचीमा मंगलबारदेखि ११ दिने शिव महापुराण ज्ञान महायज्ञ सुरु भएको छ।
जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्रावेसी भक्तिटोलमा नेपालमै पहिलो पटक पूर्ण स्फटिक जडित शीवलिङ्ग रहेको सिद्धेश्वर शीवालय मन्दिरको महत्व बुझाउन र धार्मिक,पौराणिक,सांस्कृतिक पक्षको संरक्षण र सम्बद्र्धनको निम्ती महायज्ञ सुरु भएको हो।
जिल्ला तथा मुलुककै शान्तिको संकल्प गर्दै पण्डित केशवानन्द आर्याको वैदिक विधिपूर्वक पूजाआजा र पंडित नारायणप्रसाद आचार्यको मुखारविन्दुबाट संगीतमय कथा वाचनसहितको महायज्ञ सुरु भएको हो।
दिउँसो १ बजेबाट कथा वाचन हुने कार्यक्रममा हरेक दिन बिहान ८ बजेदेखि विधिवत वैदिकविधिपूर्वक पूजाआजा, भजनकृतन, रुद्री पूजा ,होमलगायतका कर्याक्रम हुने आयोजकले जनाएको छ।
११ दिनसम्म चल्ने ज्ञान महायज्ञमा आज बिहान कलशयात्रा र बाजागाजासहित कलशयात्रा गरिएको महायज्ञका संयोजक डिलाराम भुसालले बताए।