संविधान संशोधन जुनसुकै मौसममा गाइने गीत जस्तो भयो : प्रधानमन्त्री

संविधान संशोधन जुनसुकै मौसममा गाइने गीत जस्तो भयो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन मौसमी गीत नभएको बताएका छन् । निरन्तर संविधान संशोधनको माग गर्ने दल र सांसदप्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

मंगलबार नीति तथा कार्यकम्रमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ‌ओलीले भने, ‘संविधान संशोधन मौसमी गीत होइन । संविधान समय अनुकुल संशोधन हुन्छ ।’ 

ओलीले कसैले संशोधनको गीत गाउँदैमा त्यो काम नबन्ने बताए । ‘संविधान संशोधन गर्न नसक्ने विषय होइन, संशोधन गर्न सकिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘तर, समयअनुसार संशोधन गर्नुपर्छ । जे मनलाग्यो त्यही गर्न पाइँदैन ।’ 

ओलीले आवश्यक परे प्रक्रिया पुर्याएर संविधान संशोधन हुने प्रष्ट पारे । ‘अहिले संविधान संशोधन जुनसुकै मौसममा पनि गाइने गीतजस्तो भएको छ’, उनले भने, ‘त्यो गलत हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.