प्रकाशमानमाथि प्रमको व्यंग्य : पोहोर मास्क लगाएर हिंड्नुहुन्थ्यो, यसपल्ट नलाइ हिँड्नुभाछ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहमाथि व्यंग्य गरेका छन्। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा नेता सिंहको प्रश्नको व्यंग्यमार्फत् टारिदिएका हुन्।
'सरकारले एक वर्षमा काठमाडौंलाई धूलोरहित सहर बनाएर मास्कमुक्त गर्ने घोषणा गरेको थियो। तर, मास्क प्रधानमन्त्री र मन्त्रीका लागि मात्र हट्यो होला, जनताका लागि हटेन' प्रधानमन्त्री सामु नेता सिंहले प्रश्न थियो। प्रश्नको उत्तरमा प्रधानमन्त्रीले भने,'पोहोर साल मास्क लगाएर हिँड्नुहुन्थ्यो, यसपल्ट आफैं नलाइ हिड्नुभाछ!'
आफूहरूले काठमाडौंलाई सफा राख्न चाहेको प्रमले बताए। आफूहरूले पूर्णरुपमा धूलो निर्मुल पार्न नसकेको समेत प्रम ओलीले स्वीकार गरे। तर, विभिन्न विधिहरू प्रयोग गरेर धूलो हटाउने काम गरिरहेको समेत उनले बताए।