विप्लव कार्यकर्ताको भएको आरोपमा व्यापारी पक्राउ

विप्लव कार्यकर्ताको भएको आरोपमा व्यापारी पक्राउ

ओखलढुंगा : प्रहरीले विप्लवको कार्यकर्ता भएको आरोपमा एक व्यापारीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मानेभञ्ज्यांग गाउँपालिका ५ का बेगबहादुर राई रहेका छन्। उनलाई प्रहरीले सोमबार राति घरबाटै पक्राउ गरेको थियो। उनी स्टशनरी व्यवसायी हुन्। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लले प्रहरीको अभिलेखमा राई विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य भएको दाबी गरे। 

उनले प्रहरीको अभिलेखमा विप्लव भएको पाइएकाले गिरफ्तार गरेर अनुसन्धान थालिएको बताए। बेगबहादुरलाई राति हतियारसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेर लगेको उनका आफन्तले बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.