विप्लवका कार्यकर्तामाथि राजद्रोहको मुद्दा
दमौली : तनहुँ प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका दुई कार्यकर्तालाई राजद्रोहको मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेको छ।
प्रहरीले भानु २ आमबोटेबाट जिल्ला सदस्य टेकबहादुर विक र शिवशंकर अधिकारीलाई मंगलबार बिहान पक्राउ गरेको हो।
दुवैलाई पक्राउ पश्चात तनहुँ जिल्ला अदालतबाट राजद्रोह मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।