ओली सरकार अराजकतर्फ उन्मुख : पौडेल

ओली सरकार अराजकतर्फ उन्मुख : पौडेल

रामेछाप : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अराजकतर्फ उन्मुख भएको आरोप लगाएका छन्। उनले न्यायपालिका, व्यवस्थापिका र अख्तियारलाई समेत मुठ्ठिमा लिएर सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएका हुन्।

नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईँले रामेछाप नगरपालिकालाई उपलब्ध गराएको शव वहान हस्तान्तरण गर्न मंगलबार रामेछाप बजारमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सरकार अधिनायकवादतर्फ उन्मुख भएको दोहोर्‍याए।

 उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारको अधिकार धमाधम कटौति गरेर केन्द्रिकृत शासन सत्ता लाद्न खोजेको आरोप लगाए। पौडेलले कांग्रेस पार्टीभित्र पनि एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रिएको टिप्पणी गरे। उनले भने- 'तपाईहरु देउवा पनि नबन्नुस, पौडेल पनि नबन्नुस्, तपाईहरु केवल नेपाली कांग्रेस भन्नुस्।'

कार्यक्रममा पूर्व अर्थमन्त्री रामशरण महतले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु आफ्नो कार्यक्रम भन्दै ओली सरकारले जनतालाई झुक्याइरहेको बताए। उनले  वर्तमान सरकारका नेताहरु प्रचारमूखि र सुविधा भोगि भएर देशको अर्थतन्त्र तहस नहस पारेको आरोप लगाए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.