च्याम्पियन्स लिग जित्ने बार्सिलोनाको सपना अधूरै

च्याम्पियन्स लिग जित्ने बार्सिलोनाको सपना अधूरै

एजेन्सी : इङ्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइलनमा प्रवेश गरेको छ । मंगलबार राति सेमीफाइनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई स्तब्ध बनाउदै लिभरपुलले  फाइलनको यात्रा तय गरेको हो। पहिलो लेगमा बार्सिलोनासँग ३–० ले पराजित भएको लिभरपुल दोस्रो लेगमा बार्सिलोनामाथि ४–० बो जित निकाल्दै समग्रमा ४–३ को जितसहित फाइनल प्रवेश गरेको हो। 

बार्सिलोनाको घरेलु मैदानमा निरीह बनेको लिभरपुलले आफ्नो घरेलु मैदानमा नाटकीय पुनरागमन गरी बार्सिलोनालाई निराश बनायो। चोटका कारण स्टार खेलाडीहरु मोहम्मद सालह र रोबर्टो फिरमिनो मैदानमा नहुँदा पनि बार्सिलोनाले लिभरपुललाई रोक्न सकेन। 

 लिभरपुलको जितका लागि डिभोक ओरिजी र जर्जिनिओ वाइनाल्डमले  २–२ गोल गरे। ओरिजीले खेलको सातौं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मैदान छिरेका वाइनाल्डमले ५४ औं र ५६ औं मिनेटमा गोल गरे। ओरिजीले ७९औं मिनेटमा टोलीका लागि निर्णायक गोल गरे।  लिभरपुलभन्दा धेरै समय बल आफ्नो कब्जामा राखेको भए पनि गोल गर्न नसक्दा बार्सिलोना स्तब्ध बन्यो। 

पहिलो लिगमा ३–० ले जित निकाली सकेपछि बार्सिलोनाले फाइनल यात्रा सहज बनाएको थियो। स्टार खेलाडीले भरिपूर्ण बार्सिलोनामाथि लिभरपुलले यति ठूलो अन्तरको जित निकाली पुनरागमन गर्ने अनुमान गर्न कठीन थियो। 

२०१५ पछि च्याम्पियन लिगको उपाधि जित्न नसकेको बार्सिलानाका लागि उपाधि जित्ने मौका यस पटक पनि गुम्यो। सेमीफाइलनको अर्काे खेलमा इङ्लिस क्लब टोटनह्याम र डच क्लब आजाक्सबीच दोस्रो लेगको खेल बुधबार राति हुँदैछ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.