आईपीएल : साविक विजेतालाई हराउँदै मुम्बई फाइनलमा
काठमाडौं : साविक विजेता चेन्नई सुपर किंग्सलाई हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईलाई ६ विकेटले पराजित गर्दै मुम्बई फाइलनमा प्रवेश गरेको हो।
पहिलो क्लालिफायर खेलमा चेन्नईले टस जितेर पहिले ब्याटिङमा उत्रिएको थियो । चेन्नईलाई मुम्बईले जम्मा १३१ रनमा रोक्न सफल भयो । १३२ रनको लक्ष्य मुम्बईले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितका लागि सूर्यकुमार यादव नायक बने पहिलो ओभर मै ४ रन बनाउँदा कप्तान रोहित शर्मालाई गुमाएको मुम्बईले अर्का ओपनर क्वीटन डिकोललाई पनि सस्तैमा गुमायो । सूर्यकुमार यादवले ५४ बलमा ७१ बनाई नटआउट रहे। उनीबाहेक इशान किसनले २८ रनको योगदान दिए ।
पहिले ब्याटिङ गरेका चेन्नईका ब्याट्म्यानलाई मुम्बईका बलरले चल्न दिएनन् । सुरुमै लगातार मुख्य तीन ब्याट्सम्यान गुमाएपछि चेन्नई संकटमा परेको थियो । चेन्नईका लागि अम्बाती रायडुले ४२ रन बनाए कप्तान धोनीले ३७ र मुरली विजयले २६ रन बनाए । मुम्बईका लागि राहुल चहरले उत्कृष्ट बलिङ गरे ४ ओभरमा १४ रन मात्रै दिएर उनले २ विकेट लिए ।
हारपछि साविक विजेता चेन्नईले फाइलनका लागि बुधबार हुने दिल्ली क्यापिटल र सनराइजर्स हैदराबादबीच हुने इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।