अक्षयको ‘टेकओभर’
काठमाडौं : नेपालमा आफ्ना बाबुबाजेले सुरु गरेको व्यवसाय ‘टेकओभर’ गर्ने क्रम बढ्दो छ। आधुनिक शिक्षा र सीप लिएका नयाँ पुस्ताले अग्रजले सुरु गरेका उद्योगको छापलाई गाढा राख्ने दायित्व पूरा गरिरहेका छन्। त्यस्तै दायित्व पूरा गर्नेमा अक्षय गोल्यान पनि एक हुन्।
गोल्यान समूहको विरासत धान्नेमा अक्षय तेस्रो पुस्तामा पर्छन्। अक्षयका हजुरबुवाले सुरु गरेको धागो उद्योग ‘रिलायन्स स्पिनिङ मिल’ नेपालमा धागो उत्पादन गरी विदेश निर्यात गर्ने अग्रणी उद्योग हो। पिता पवन र काका बासुदेवले धान्दै आएको उद्योगलाई अहिले अक्षयले चलाइरहेका छन्। अक्षयले विदेशमा अध्ययन गरे। अध्ययनपछि पिताकै आग्रहमा स्वदेश फर्किएको उनी बताउँछन्। अक्षयले नै व्यवसाय सम्हाल्न थालेका छन्। उनले भने, ‘अब गोल्यान समूहको नेतृत्व तेस्रो पुस्तामा चलिरहेको छ।’
गोल्यान समूह ६० वर्षदेखि उद्योग÷व्यापारमा सक्रिय छ। देशको प्रमुख व्यावसायिक घरानाको सूचीमा पर्छ। अक्षय भन्छन्, ‘हाम्रो प्रमुख कारोबारको क्षेत्र भनेको उत्पादनमूलक उद्योग हो। कपडा र धागो उद्योगमा बढी केन्द्रित छौं, र सफल पनि।’
अक्षयले स्पेनबाट सन् २०१४ मा एमबीए गरे। पढाई पूरा गरेर व्यवसायमा बुवालाई सघाउन थाले। ‘त्यसबेला बुवा, हजुरबुवाको टेक्सटायल व्यवसाय पुरानो शैलीमा चलेजस्तो लाग्थ्यो, फ्याक्ट्रीमा पुग्दा खासै ऊर्जा थिएन’, उनी भन्छन्।
व्यावसायिक अध्ययनको क्षेत्र, पारिवारिक बिरासत र अनुभवले उनमा गोल्यान समूहको जिम्मेवारी लिन र ‘आफ्नै पहलमा नया“ केही गरौं’ भन्ने सोच पलायो।
उनले आफ्नै लगानीमा कम्पनी खोल्ने सोच बनाए। त्यही क्रममा उनले सूचना प्रविधि कम्पनी पनि खोले। तर, ‘पढेर भन्दा परेर धेरै कुरा सिकिन्छ’ भनेझैँ उनले सफलता प्राप्त गर्न सकेनन्। देशविदेशको गुणस्तरीय शिक्षा र अनुभव र असफलताले उनलाई खारिँदै लग्यो।
असफलताबाट उनले धेरै सिक्ने मौका पाए। यहीबाट सिकेर उनले गोल्यान समूहको पुरानै व्यवसायमा केही नया“ ऊर्जा र विचारमार्फत उचाइ दिने कोसिस गरिरहेका छन्। ‘मेरो सोच, जोस्, एक्सपोजर छ यसमा। थप उचाइमा लैजान उद्यत छु’, उनले थपे, ‘असफलताले सफलताको लागि अघि बढ्न सिकाएको छ।’ समूहअन्तर्गत आफ्नै पहलमा सौर्य ऊर्जाको परियोजना अघि बढाउन लागेको उनी बताउँछन्। पुस्तौली व्यवसाय टेक्सटायल उद्योगमा पनि नया“ केही गर्ने योजनामा छ।
स्थानीय कच्चा पदार्थ र जनशक्ति कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्नेमा अक्षयको जोड छ। शतप्रतिशत ‘मेड इन नेपाल’ सामग्री प्रयोग गरेर टेक्सटायललाई विस्तार गर्न खोजिरहेको छु। अहिलेको परिस्थितिमा ९५ प्रतिशत कपडा आयात हुन्छ। उनी भन्छन्, ‘नेपालको उत्पादन बढाएर आयातलाई कसरी विस्थापित गर्न सकिन्छ भनेर काम गरिरहेको छु। हजुरबुवाले ‘मेड इन नेपाल’ कपडा उद्योग विराटनगरमा स्थापना गर्नुभएको थियो जुन देशकै पहिलो कपडा उद्योग थियो।’
टेक्सटायलसँगै गोल्यान ग्रुपले गोल्यान मेड इन नेपाल, बैंकिङ, कृषि, होटेल, निर्माण, जलविद्युत्, नवीकरणीय ऊर्जालगायतमा लगानी गरिरहेको छ। टे«डिङबाट टाढा बसेर उत्पादनमूलक उद्योग स्थापना गरी मुलुकमा रोजगारी सिर्जना गर्ने र सरकारले लिएको समृद्धिको लक्ष्यलाई सघाउन गोल्यान ग्रुपले नयाँ परियोजना सुरु गर्ने योजना बनाएको छ। देशको नम्बर एक निर्यातमूलक उद्योगका रूपमा काम गरिरहेको समूहमा अक्षय गोल्यानले नयाँ ऊर्जा थपेका छन्। उनले डेढ वर्षअघि समूहको व्यवसाय सम्हाल्न थाले। ‘हामीले ‘धागो’ ब्रान्डमा ब्रान्डिङ गर्न लागेका छौँ। त्यसपछि मानिसले नेपालको हो कि विदेशको भनेर सोच्नै पर्दैन’, उनी भन्छन्, ‘हामीले ‘शतप्रतिशत मेड इन नेपाल’ लेखेर कपडा बजारमा पठाउनेछौँ।’
कारोबार गरेर तुरुन्तै नाफा आर्जन हुने भए पनि व्यापारमा हात नहालेको अक्षय बताउँछन्। ‘व्यापारभन्दा उत्पादनमूलक उद्योग हाम्रो प्राथमितामा छ। व्यवसाय गर्ने धेरैजसोले पैसा कमाउँछन्, तर बढीभन्दा बढी रोजगारी दिने उद्योगमा लगानी गर्नु देशको आवश्यकता हो’, उनी भन्छन्।
व्यापार गरेपछि नाफा त हेरिन्छ नै, तर रोजगारी सिर्जना गर्छु भन्ने सोच्न थाल्ने हो भने समृद्धिमा योगदान हुने अक्षय बताउँछन्। नयाँ परियोजना सुरु गर्दा नाफा कमाउँछ कि समृद्धिका अभियानमा कति सहयोग पुग्छ भनेर सोच्न थाल्ने हो भने निजी क्षेत्रको समृद्धिमा योगदान सरकारको भन्दा बढी हुनसक्छ।
अहिले गोल्यान समूह रोजगारी सिर्जनामा आधारित व्यवसायमा केन्द्रित छ। समूहले सुरु गरेका व्यवसाय र नयाँ ल्याउने व्यवसायमा रोजगारी कति सिर्जना गर्न सकिन्छ, परिवारलाई भन्दा देश लाभान्वित हुन्छ कि हुँदैन भन्ने सोचले प्रेरित गरेको उनी बताउँछन्। अक्षयका पिता पछिल्लो समय नवीकरणीय ऊर्जा र जलविद्युत् आयोजना निर्माणमा जोड दिन थालेका छन्।
टेक्सटाइल उद्योग भनेको ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने उद्योग हो। यसले एमएस समूहको साझेदारीमा देशकै सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स चलाइरहेको छ।यसमा चार हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्, जसमा महिलाको बाहुल्य छ। २४सै घन्टा उत्पादन हुन्छ। अर्बौंको धागो टर्की, बंगलादेश आदिमा निर्यात गर्छौं। उद्योग विस्तारको क्रममा छ, योजना कार्यान्वयनमा आएपछि थप एक हजार जनाको रोजगारी सिर्जना हुन्छ। रोजगारी सिर्जना र विदेशी मुद्रा पनि भिœयाएको छ। समृद्धिमा निजी क्षेत्रले गर्ने योगदान भनेको यही हो।
सन् २०२३ सम्म गोल्यान समूहले १० हजार जनालाई रोजगारी दिने योजनाका साथ काम गरिरहेको अक्षयको भनाइ छ। उनी भन्छन्, ‘आजका दिनमा व्यवसायीहरू व्यापार, उद्योग, सेवा क्षेत्रलगायतमा किन लगानी गर्छन् भन्दा पैसा कमाउन। व्यवसाय गर्दा पैसा कहिले बढी हुन्छ, कहिले कम। तर, व्यवसाय गर्दा देशका लागि जुन वातावरण व्यावसायिक क्षेत्रबाट तयार हुन्छ, त्यो त दीर्घकालसम्म फाइदा लिन मिल्ने हिसाबको हुन्छ।’ एउटा उद्योगीले निश्चित क्षेत्रमा पैसा कमाउन लगानी गर्छ। तर, त्यो लगानीले राष्ट्रलाई कति फाइदा गर्छ भन्ने कुरा हामीले सधैँ ख्याल राखेर लगानी गर्दै आएको उनको भनाइ छ।