बालविवाहबिरुद्ध रणनीति

बालविवाहबिरुद्ध रणनीति

अछाम : अछाममा बालविवाह बढेपछि स्थानीय तह बालविवाहविरुद्ध रणनीति बनाउन जुटेका छन् । मेल्लेख गाउँपालिका र बिनायक पञ्चदेवल नगरपालिकाले बालविवाहविरुद्ध रणनीति तयार गर्न सुझाब संकलन गरेका छन् । मेल्लेख गाउँपालिकाअन्तर्गत आठ वटै वडाका जनप्रतिनिधी, वडामा गठित बालक्लबले रणनीतिक योजनाका लागि मस्यौदाको खाका निमार्ण गरेको छ ।

मस्यौदालाई अध्ययन गरी आवश्यक काटछाँट गरेर मुर्त रुप दिइने मस्यौदा खाका निर्माण समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष नरपति रावलले बताए । ‘खाका तयार भइसकेको छ, छलफलपछि अन्तीम रुप दिन बाँकी छ’, उनले भने, ‘समाजमा बढ्दो बालविवाह न्युनीकरण गर्न रणनीतिक योजना निर्माण गर्न लागेका छौ ।’ अछाममा गर्न लागेको यो अभियान सबै तहका लागि सिको गर्न लायक र उदाहरणीय हुने उनको भनाइ छ ।

रणनीतिक योजना निर्माणपछि अछाममा बढ्दो बालविवाहमा कमि आउने गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराको विश्वास छ । उनले भने, ‘बालविवाहको मुद्धामा कोहि एक व्यक्तिको पहलले न्युनीकरण हुन सक्दैन । सबै मिलेर यसलाई निर्मुल पार्नु पर्छ ।’ बालविवाह न्युनीकरण गर्न गाउँपालिकामा आउने सेवाग्राहीलाई लक्षित गर्दै बालविवाहसम्बन्धी परामर्श कक्ष समेत स्थापना गरिने उनले बताए ।

बिनायक पञ्चदेवल नगरपालिले पनि रणनीति तयार गर्न मस्यौदा समिति बनाएको छ । वडा नम्बर ६ का अध्यक्ष पुर्णबहादुर रावलको संयोजकत्वमा १९ सदस्यीय मस्र्यादा समिति बनेको छ । बालबालिका तथा अभिभावकलाई कानुनी बिषयका जानकारी गराउने, विद्यालय पाठ्यक्रममा बालविवाहविरुद्ध कक्षा सञ्चालन गर्ने, कानुनी प्रकृयाबारे जानकारी गराउने गरी मस्यौदा बनाउने काम भइरहेको उनले बताए ।

मेल्लेख स्वास्थ्य चौकीका इन्चार्ज अनिता खड्काका अनुसार बालविवाहका कारण मानसिक समस्या धेरै हुने गरेको छ । सानै उमेरमा गर्भवती हुँदा डिप्रेसन हुनुका साथै ज्यान गुमाउनेको संख्या पनि धेरै छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार अछाममा ११ वर्ष मुनिका ५ सय ७७ जनाले विवाह गरेका छन् । बालक दुई सय १४ र बालिका तीन सय ६३ जनाले बालविवाह गरेका छन् । त्यस्तै ११ देखि १४ वर्ष उमेर समुहका बालक दुई सय तीन र बालिका चार सय जना गरी छ सय तीन जनाले बालविवाह गरेका छन ।

१५ देखि २० वर्ष उमेर समुहका ८ सय २२ बालिका र ८ सय बालक गरी १ हजार ६ सय २२ जनाले बालविवाह गरेका छन् । तथ्यांकअनुसार २ हजार ८ सय २ जनाले बालविवाह गरेका छन् । बालविवाह गर्नेमा गरिब, दलित र विपन्न परिवारका बालबालिका बढि छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.