डोल्पा सदरमुकाम तीन दिनदेखि सञ्चार विच्छेद

डोल्पा सदरमुकाम तीन दिनदेखि सञ्चार विच्छेद

डोल्पा : डोल्पा सदरमुकाम दुनै तीन दिनदेखि संचारबिहीन भएको छ। सरिको लेखमा राखिएको माइक्रो वेभ रेडियो लिंकमा समस्या आएपछि सदरमुकाम दुनै र आसपासका करिब ७ हजार भन्दा बढी नागरिक संचारबाट बञ्चित भएका हुन्। 

माइक्रो वेभ रेडियो लिंकमा शोलार पावरको समस्याले गर्दा जिल्लाका नागरिकहरु संचार बिच्छेद हुनुपरेको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ। 

टावरका सबै रेडियो बिटिएस बन्द रहेकाले मर्मतका लागि आजै प्राविधिकको टोली रसि लेखमा गएको छ। पावरको समस्याका कारण मेसिनमा समस्या आएको प्राविधिक नवराज भट्टराईले बताए। 

रेडियो लिंकमै समस्या आएपछि मोबाइल फोन,इन्टरनेट सबै पूर्णरुपमा बन्द भएका छन्। इन्टरनेट नभएपछि जिल्लामा रहेका नेपाल बैंक,सिटिजन बैंक,राष्ट्रिय बाणिज्य बैंक र अन्य आईएमईका काम ठप्प भएका छन्। 

इन्टरनेट नहुँदा दैनिक लाखौंको कारोबार घाटामा गएको सिटिजन्स बैंकका भुवन नाथले बताए। उनले भने,' भिस्याट सेवा छ तर त्यो पनि बिग्रेकोले सबै बैंकमा समस्या भएको हो।'
 
करिब ४१ सय मिटरको उचाइमा रसिको लेखमा राखिएको माइक्रो वेभ रेडियो लिंकको टावरमा मर्मतका लागि तुरुन्तै प्राविधिक पठाएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

जिल्लाको ठुलीभेरी नगरपालिका र त्रिपूरा सुन्दरी नगरापालिकाका साविकका पाहाडा,लिकु,त्रिपूारकोट,सूँ,जुफाल,माझफाल,दुनै र रह गरि ८ गाविसका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.