एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेस्लिङ हुँदै
काठमाडौं : रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा वैशाख २८ गते 'एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप'को आयोजना गर्न लागेको छ।खेल ३ बजे त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने छ। प्रतियोगितामा ६ देशका टप रेस्लरको सहभागिता हुने जनाइएको छ।
आयोजकका अनुसार राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ।
नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन्। त्यसैगरी अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन्।
त्यसैगरी हङकङका केसी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन्। रेफ्रीमा प्रदिप पाण्डे, कुवेर केसी, विकाश खड्का रहेका छन् ।प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ। जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ।
प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन्। प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ।
नेपालमा 'रिगं रेस्लिङ' खेलको विकास गर्दै अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिहरु अगाडि बढाउँदै आएको छ।